आउँदो शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘जंगबहादुरको कोट’लाई लिएर यसका नायक विमलेश अधिकारी निक्कै उत्साहित छन् ।
उनले यो चलचित्रमा नायिकासँग चुम्बनका दृश्य पनि दिएका छन् । चुम्बनको दृश्य कथाकै माग भएको विमलेशको भनाई छ ।
अनलाइनखबरसँग भिडियो कुराकानी गर्ने क्रममा विमलेशले यस्तो दृश्य आफ्नो लागि पहिलो पटक भएको बताए । कलाकार भैसकेपछि हरेक प्रकारका दृश्य दिनुपर्ने उनको भनाई छ ।
अष्ट्रेलिया र नेपालमा खिचिएको यो चलचित्र जंगबहादुरले हराएको कोटको कथामा आधारित रहेको निर्माता योगेन्द्र खड्काले जानकारी दिएका छन् । उनले चलचित्रको कथावस्तु अनुसार दृश्य खिच्न लोभ नगरेको पनि बताए । दर्शकले चलचित्र हेरेपछि पूर्ण रुपमा मनोरञ्जन प्राप्त गर्ने उनले बताए । चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।
अनलाइनखबरसँग विमलेश र निर्माता खड्काले गरेको कुराकानी यसप्रकार छः
प्रतिक्रिया 4