+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ (फोटो फिचर)

आरपी सुवेदी आरपी सुवेदी
२०७३ कात्तिक २२ गते १०:५२

chath-nepalgunj-2

२२ कात्तिक, नेपालगञ्ज । सूर्यको आरधना गर्दै मनाइने छठ पर्व नेपालगञ्जवासीले पनि धुमधामका साथ सम्पन्न गरेका छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज बिहानबाट सम्पन्न भएको छ ।

नेपालगञ्जमा रहेको बागेश्वरी मन्दीरको तलाउमा छठी देवीको आराधाना गर्ने भक्तहरुले हिजो आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर तलाउको किनारामा भजन कृतन गरी विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा सम्पन्न गरेका छन् ।

chath-nepaljung

आइतबारदेखि नै बागेश्वरी मन्दीरमा रहेको तलाउमा भक्तजनहरुको भीड रहेको थियो । पूजाको बेला कुनै अपि्रय घटना हुन नदिनको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्दारटोलीलाई लाइफ ज्याकेटका साथ तैनाथ गरिएको थियो ।

दशैं तिहारजस्तै तराईवासीका लागि छठ पर्वको विशेष महत्व रहने स्थानीय शिक्षक विरेन्द्र यादवले बताए । छठी माता र सूर्यको पूजा गर्नाले सुख, शान्ति, समद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता छ ।

chath-nepalgunj

हरेक वर्ष छठ पर्व मनाउने श्रद्धालु भक्तजन बढ्दै गएका बेलामा बागेश्वरी मन्दिरको तलाउमा छठको लागि घाट व्यवस्थित गर्न नसेकोका कारण भक्तजन तथा पूजा गर्ने श्रद्धालुलाई कठिन भएको भक्तजनहरुको गुनासो छ ।

chath-nepalgunj-3

छठमा गहुँको पिठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसारजस्ता परिकार र विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, उखु, केरालगायतलाई प्रसादको रुपमा चढाउने र पूजा पछि आपसमा बाँड्ने चलन छ ।

chath-nepalgunj-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?