ऊ हिँड्छ,
रहरहरु बोकेर,
आकाङ्क्षाका पाइला चालेर
अघि बढ्छ ।
कैयौँपटक लड्छ,
केही बेर अड्छ,
फेरी अघि बढ्छ,
अनि शिखरमा चढ्छ ।
तब,
पहिले त आश्चर्यले आत्तिन्छ;
अनि बिस्तारै मात्तिन्छ ।
हिँड्दा साथ दिनेहरुलाई,
लड्दा हात दिनेहरुलाई;
आफू हिँडेका बाटालाई,
आफूले टेकेका खुड्किलालाई,
बिर्सिदिन्छ, महत्त्वहीन ठान्छ ।
अनि बेवास्ता गर्छ, तिरस्कार गर्छ ।
उसले के पनि बिर्सन्छ भने,
कुनै दिन त शिखरबाट ओर्लनु छ
शायद तिनै खुड्किला टेकेर ।उसले यस्तो किन गर्छ?
किनकी ऊ मान्छे हो।
रहरहरु बोकेर,
आकाङ्क्षाका पाइला चालेर
अघि बढ्छ ।
कैयौँपटक लड्छ,
केही बेर अड्छ,
फेरी अघि बढ्छ,
अनि शिखरमा चढ्छ ।
तब,
पहिले त आश्चर्यले आत्तिन्छ;
अनि बिस्तारै मात्तिन्छ ।
हिँड्दा साथ दिनेहरुलाई,
लड्दा हात दिनेहरुलाई;
आफू हिँडेका बाटालाई,
आफूले टेकेका खुड्किलालाई,
बिर्सिदिन्छ, महत्त्वहीन ठान्छ ।
अनि बेवास्ता गर्छ, तिरस्कार गर्छ ।
उसले के पनि बिर्सन्छ भने,
कुनै दिन त शिखरबाट ओर्लनु छ
शायद तिनै खुड्किला टेकेर ।उसले यस्तो किन गर्छ?
किनकी ऊ मान्छे हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4