Comments Add Comment

लोकमानको सुविधा खोस्नेबारे सर्वोच्चमा बिहीबार बहस हुने

दुई मुद्दाको पेशी तोकियो

२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध सर्वोच्च अदालतमा परेका दुई मुद्दाको पेशी तोकिएको छ ।

Lokman-Sing-Karkiम्याद तामेलीमा अवरोध गरेको भन्दै कारबाहीको माग गर्दै परेको निवेदनको पेशी भोलि मंगलबारका लागि तोकिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दिएको निवेदनमा कार्की र उनका ज्वाइँसहित चार जनालाई कारबाहीको माग गरिएको छ ।

कार्कीको योग्यतासम्वन्धी मुद्दा पुनरावलोकन गर्ने सर्वोच्चको फैसलापछि म्याद तामेलीका क्रममा कार्कीले अवरोध गरेका थिए । बानेश्वरस्थित कार्कीको घरमा सर्वोच्चमा तामेलदार जाँदा कार्कीका ज्वाइँ प्रवल थापाको समूहले हुलहुज्जत गरेको थियो ।

सर्वोच्चले कात्तिक १ गतेको मितिमा म्याद तामेली गरेको छ । तर, कार्की अझै तारेख बुझ्न गएका छैनन् ।

सुविधा खोस्नेबारे बिहीबार बहस

यस्तै कार्कीलाई निलम्बन गर्दै सरकारी सेवा सुविधा खोज्न माग गर्दै परेको अर्को निवेदनको पेशी बिहीबारका लागि तोकिएको छ । अधिवक्ता अर्यालले नै यो निवेदन दिएका छन् ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्कीले कुनै कामकारबाही गर्न पाएका छैनन् । तर, उनी अख्तियार परिसरमै रहेको सरकारी सुविधाको घरमा नै बस्दै आएका छन् ।

कार्कीलाई निलम्बन नगरे उनले आफूविरुद्धको प्रमाण नष्ट गर्न सक्ने निवेदक अर्यालको तर्क छ । अर्यालकै रिटमा सर्वोच्चले कार्कीको योग्यतासम्वन्धी फैसला पुनरावलोकनको आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment