Comments Add Comment

भीआईपीलाई उपचार खर्च १५ लाख मात्र !

स्वाथ्य मन्त्रालयले बनायो उपचार खर्चसम्वन्धी नयाँ मापदण्ड

google_deepmind_medical_records

२१ कात्तिक, काठमाडौं । विशिष्ट व्यक्ति र पहुँचवालालाई दिइने उपचार खर्चमा अंकुश लगाइने भएको छ । स्वाथ्स्य मन्त्रालयले उपचार खर्चसम्वन्धी नयाँ मापदण्डको मस्यौदा बनाएको छ र, अबको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी छ ।

मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार अब विशिष्ठ व्यक्तिहरुले अधिकमत १५ लाख उपचार खर्च पाउँछन् । यो पनि जीवनमा एक पटक ।

र, उपचार खर्च दिँदा अर्थमन्त्रालयको सहमति र स्वास्थ्य मन्त्रालयले सिफारिसमा मात्र दिन सकिने छ । यसअघि कार्यविधिमा भएको मन्त्रिपरिषद्ले उपयुक्त ठानेमा थप रकम दिन सकिने व्यवस्थालाई टेकेर नेताहरुको उपचारमा करोडौं रकम दिइएको थियो । यो पटक मस्यौदामा यो व्यवस्था नै हटाइएको छ ।

सरकारी अस्पतालमै उपचार गर्नु पर्ने

मन्त्रालयले तयार पारेको प्रस्तावित मस्यौदा अनुसार सरकारबाट उपचार खर्च लिएपछि सकेसम्म देशभित्रै सरकारी अस्पतालमै उपचार गर्नु पर्नेछ ।

निजी अस्पतालमा उपचार गर्नु परे डाक्टरले त्यहाँ उपचार हुन नसक्नुको कारण खुलाउनु पर्नेछ । नेपालमा उपचार सम्भव नभएर विदेश जानु पर्ने हकमा नेपाल मेडिकल काउन्सिलको सिफारिस चाहिन्छ ।

र, काउन्सिलको सिफारिसमा विदेशमा गरिएको उपचार स्वेदशमै सम्भव हुने थाहा भएमा काउन्सिल नै जवाफदेही हुनु पर्ने व्यवस्था समेत राखिएको छ ।

स्वास्थ्यमन्त्री गगन थापाले राजनीतिज्ञ तुलसी गिरीलाई उपचार खर्च दिने प्रस्ताव राकेको थिए । लगतै संसदको अर्थ समितिले बोलाएर मापदण्ड बनाउन निर्देशन दिएको थियो ।

तर, सरकारले हालै मात्र पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई ६० लाख पेस्की दिादै सम्पूर्ण उपचार खर्च व्यहार्ने निर्णय गरेको छ । यस्तै कांग्रेस नेतृ सुजता कोइरालाले क्यान्सरको उपचारका लागि भन्दै एक करोड माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment