+
+

अमेरिकाभन्दा पहिले ५९ देशले पाइसके महिला कार्यकारी प्रमुख, पहिलो को ?

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ कात्तिक २३ गते १२:०५

This image released by Twentieth Century Fox shows Ryan Reyonlds in a scene from the film, "Deadpool." (Joe Lederer/Twentieth Century Fox Film Corp. via AP)

२३ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपतिको लागि आज निर्वाचन हुँदैछ । र, हिलारी क्लिन्टनलाई विजयी गराएर पहिलो महिला राष्ट्रपति चुन्ने मौका अमेरिकी सामू छ । तर, विश्वमा यस्ता थुप्रै मुलुकहरु छन्, जहाँ महिला नेतृहरुले यसअघि नै यो कोशेढुंगा पार गरिसकेका छन् ।

वर्ल्ड इकोनोमिक फोरमको पछिल्लो तथ्यांक अनुसार पछिल्लो आधा शताव्दीमा विश्वका ५९ मुलुकहरुमा महिला नेतृत्वमा पुगेका छन् । यस समूहमा श्रीलंकाकी तत्कालिन प्रधानमन्त्री पहिलो स्थानमा छिन् । श्रीलंकाकी सिरिमाओ बन्दरानाइके सन् १९६० मै श्रीलंकाको प्रमुख कार्यकारी पदमा पुगेकी थिइन् ।

त्यसपछि बिस्तारै महिलाहरु शक्तिकेन्द्रमा आउने क्रम बिस्तारै बढ्न थाल्यो । १९९० को दशकसम्म आइपुग्दा यो क्रम निक्कै बढिसकेको थियो ।

नेशनल डेमोक्रेटिक इन्स्िटच्युटका अनुसार पछिल्लो २० वर्षमा उम्मेदवारको रुपमा रहेका महिलामध्ये तीन तिहाई महिलाहरु राष्ट्रपति अथवा प्रधानमन्त्रीको पदमा निर्वाचित भएका छन् ।

महिलाहरुले विश्व नेतृत्वमा महत्वपूर्ण प्रगति गरेका छन् । यद्यपि धेरैजसो मुलुकहरुमा अहिलेसम्म पनि महिलाहरु कार्यकारी प्रमुख हुन सकेका छैनन् । पछिल्लो ५० वर्षमा पाँचमध्ये एक मुलुकमा महिला कार्यकारी प्रमुख थिइन् ।

अहिले विश्वभरिमा १० जना महिला राष्ट्र प्रमुख र ९ जना सरकार प्रमुखको रुपमा कार्यरत छन् । अमेरिकाको सवालमा यदि हिलारी क्लिन्टनले आजको निर्वाचनमा जित हासिल गरिन् भने उनी पनि त्यसैमा जोडिनेछिन् ।

पछिल्लो आधा शताब्दीको बीचमा मुलुकको कार्यकारी प्रमुखका रुपमा कार्यरत रहने चर्चित महिलाहरुमा उत्तर अमेरिकाबाट क्यानडाकी प्रधानमन्त्री किम च्याम्पवेल एक हुन् । उनी सन् १९९३ मा प्रधानमन्त्री चुनिएकी थिइन् ।

दक्षिण अमेरिकाको चिलीमा मिचेली बाचेलेट राष्ट्रपतिको रुपमा अहिले पनि कार्यरत छिन् । उनी यसअघि २००६ देखि २०१० सम्म पनि राष्ट्रपति थिइन् । सन् १९७४ देखि १९७६ सम्म अर्जेन्टिनाको राष्ट्रपति पदमा इसाबेल पेरोन निर्वाचित थिइन् ।

युरोपमा बेलायती पहिलो महिला प्रधानमन्त्रीको रुपमा मार्गरेट थेचर १९७९ देखि १९९० सम्म सत्तामा रहिन् ।

सन् २००५ यता जर्मनीमा पहिलो महिला चान्सलरको रुपमा एन्जेला मर्केलले सत्ता चलाइरहेकी छन् ।

त्यस्तै सेनेगलमा पहिलो महिला कार्यकारी प्रमुखको रुपमा सन् २००१ देखि ०२ सम्म मामे माडिओर बोयेले सत्ता सम्हालेकी थिइन् ।

एशियाली मुलुकमा पाकिस्तानमा सन् १९८८ देखि ९० सम्म बेनजिर भुट्टोले पहिलो महिला कार्यकारीको पदभार ग्रहण गरिन् । पहिलो महिलाको रुपमा भारतमा इन्दिरा गान्धी सन् १९६६ देखि १९७७ सम्म प्रधानमन्त्री पदमा रहिन् ।

दक्षिण कोरियामा पार्क जिउन हेय सन् २०१३ यता प्रधानमन्त्री पदमा आसिन छिन् ।

अष्ट्रेलियामा जुलिया गिलार्ड पहिलो महिला कार्यकारीको रुपमा सन् २०१० देखि २०१३ प्रधानमन्त्रीको रुपमा रहिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?