Comments Add Comment

स्थानीय विकास मन्त्रालयमा सचिव आतंक !

आफ्नालाई जागिर खुवाउन कर्मचारीलाई दबाव

२३ कात्तिक, काठमाडौं । स्थानीय विकास मन्त्रालयबाट विभिन्न निर्देशन र निर्देशिका पठाएर स्वायत्त स्थानीय निकायहरुमा हस्तक्षेप गरेको भन्दै कर्मचारीहरुले गुनासो गरेका छन् ।

kedar-bahadur-adhikariपछिल्लो पटक मन्त्रालयमा सचिव केदारबहादुर अधिकारीले विभिन्न जिल्लास्थित स्थानीय विकास अधिकारीलाई आफ्ना मान्छेहरुलाई जागिर लगाइदिन भन्दै तोक लगाएर पठाउने गरेका छन् ।

प्रधानमन्त्री कार्यालयबाट सरुवा भएर मन्त्रालय आएसँगै सचिव अधिकारीले पदको दुरुपयोग गरेको भन्दै एक स्थानीय विकास अधिकारीले भने, ‘सचिवको तोक लागेर आएको छ, कानुनले मिल्दैन भनेर काम नगरिदिउँ भने कार्यसम्पादनमा भुतुक्कै पार्छन् ।’

उनले पछिल्लो एक महिनामा रामेछाप जिल्ला विकास समिति, विराटनगर उपमहानगरपालिका, नुवाकोट जिल्ला विकास समिति लगाएत एक दर्जन स्थानीय निकायहरुमा कम्प्युटर अपरेटर नियुक्तिका लागि दबाव दिएका हुन् ।

यस्तै उनले मंगलबारमात्र दोलखा जिल्ला विकास समितिमा एकजना कम्प्युटर अपरेटर करारमा नियुक्त गर्न निर्देशन दिएका छन् । उनले सुष्मा क्षमावती-१ दोलखाकी प्रतिभा शिवाकोटीलाई कम्प्युटर अपरेटरमा नियुक्त गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयमा आएसँगै अधिकारीले मन्त्रालयका कामकारबाहीलाई भन्दा गलत उद्देश्य राखेको भन्दै कर्मचारीहरुले गुनासो गरेका हुन् ।

हेर्नुहोस् सचिव अधिकारीको तोक आदेश 

kedar-bahadur-adhikari-tok

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment