+
+

सुनकुमारीको उपचारमा उपराष्ट्रपतिको चासो, छोरा दिपेशले थाले रकम संकलन

सलमान खान सलमान खान
२०७३ कात्तिक २३ गते १८:४०
sunkumari-nepali-rolpa
अस्पतालको शैय्यामा सुनकुमारी नेपाली र कुरुवा बसेकी उनकी १३ वर्षीया छोरी विनिता ।

२३ कात्तिक, भैरहवा । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले रोल्पा थवाङकी सुनकुमारी नेपालीको उपचारमा चासो व्यक्त गरेका छन् । पासाङ पुत्र दिपेशले भने सुनकुमारीको उपचारका लागि रकम संकलन सुरु गरिसकेका छन् र हालसम्म एक लाख रुपैयाँ संकलन भइसकेको उनले बताएका छन् ।

रोल्पा थवाङ- ८ की ४८ वर्षीया सुनकुमारी नेपालीलाई उनकै पतीले मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिट पछि मरी भन्दै उनले घर नजिकैको भिरबाट खसालिदिएका थिए । प्रहरीले गम्भीर घाइते अवस्थामा फेला पारेर सुनकुमारीलाई भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल सान्सेस शिक्षण अस्पतालमा उपचारका लागि पठाएको थियो । तर, १३ वर्षीया छोरी बाहेक अन्य आफन्त कोही पनि नभएको र उपचार खर्च पनि नभएको भन्दै उनले प्रभावकारी उपचार पाएकी थिइनन् । लुम्बिनी प्रेस क्लबले उपचारको जिम्मा लिँदै सबैलाई आर्थिक सहयोगको अपिल गरेपछि अस्पताललाई तत्काल आइसियूमा राखेर उपचार सुरु गरेको थियो ।

सुनकुमारीको विषयमा अनलाइनखबरमा समाचार प्रकाशित भएपछि सहयोगी हातहरु जुट्दै गएका थिए र रोल्पा घर भएकी सभामुख ओनसरी घर्तीले १० हजार रुपैयाँ उपलब्ध गराएकी थिइन् । त्यसलगत्तै रोल्पा घर भएका उपराष्ट्रपति पासाङले पनि सहयोगीहरुमार्फत् सुनकुमारीको विषयमा चासो व्यक्त गरेका थिए ।

उपराष्ट्रपति पासाङ पुत्र दिपेश
उपराष्ट्रपति पासाङ पुत्र दिपेश

पासाङ पुत्र दिपेशले अनलाइनखबरसँग भने, ‘पीडामा परेको जोसुकै भए पनि हामीले सहयोग गर्नुपर्छ । त्यहि भएर रकम संकलन सुरु गरेको हुँ ।’

यसबारे बुवा पासाङलाई पनि जानकारी रहेको र आफूले रकम संकलनको अनुमति पाएको उनले बताए ।

‘देश विदेशबाट बिभिन्न व्यक्तिहरुले रकम उपलब्ध गराउने प्रतिवद्धता जनाइरहनु भएको छ र हालसम्म एक लाख रुपैयाँ रकमको प्रतिबद्धता आइसकेको छ,’ दिपेशले भने, ‘यसबारे बुवा पनि जानकार हुनुहुन्छ ।’

सुनकुमारीलाई उपचारका लागि दिपेशले व्यक्तिगत रुपमा २० हजार रुपैयाँ सहयोग घोषणा गरेका छन् । उनका अनुसार पर्यटन व्यवसायी टाशी शेर्पाले ३५ हजार रुपैयाँ, लक्ष्मी प्रतिष्ठानले १५ हजार रुपैयाँ, बेल्जियम बस्ने रामचन्द्र सुवेदीले १५ हजार र भक्तपुरका जीबन गुरुङले दश हजार रुपैयाँ दिने घोषणा गरेका छन् । यसैगरी रोल्पा कोर्चावाङका कालु थापाले दश हजार र नेपाली कांग्रेस महासमिति सदस्य एवम् समाजसेवी वेदप्रसाद काप्रीले दश हजार रुपैयाँ सहयोग गरेको पुनले बताए ।

यसैगरी उपराष्ट्रपति पासाङका स्वकीय सहसचिव तुलसी डाँगी ‘मिलन’ र प्रेस संयोजक मनोज घर्तीमगरले पाँच-पाँच हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । यसैगरी व्यवसायी केशव पाण्डे, दुर्गा सिलवाल, जापान बस्ने अमित रायमाझी, पर्यटन व्यवसायी सुजन लामिछाने र युके बस्ने रोजी गौतमले पनि पाँच-पाँच हजार रुपैयाँ सुनकुमारी उपचारको लागि संकलन भएको दिपेश पुनले जानकारी दिए ।

यो पनि पढ्नुस् 

मृत्युसँग जुध्दै सुनकुमारीः न राज्यले देख्यो, न रोल्पाले सुन्यो

पत्रकारको पहलमा सुनकुमारीको उपचारमा सहयोगी हात जुट्दै

सुनकुमारीको उपचारमा सभामुख घर्तीको सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?