+
+

अनौठो मेला, जहाँ यौन सम्पर्क गर्न छुट हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २६ गते ८:५६

मेलाको नाम आउने बित्तिकै झिलिमली, रंगिचंगी, नाचगान, पकवान आदिको झल्को आउँछ । तर यो दुनियामा यस्तो मेलाको आयोजना पनि गरिन्छ जहाँ मानिसहरु केवल यौन सम्पर्क कायम गर्नका लागि मेलामा पुग्दछन् ।

america-sexसुन्दैमा अनौठो लाग्ने र दुनियामा कहीँ पनि नभएको यस्तो रोचक मेला हरेक वर्ष अमेरिकामा आयोजना गरिन्छ ।

नेवादा मरुभूमिको ब्लाक रक सिटीमा हरेक वर्ष बर्निंग मेन नामक महोत्सवको आयोजना गरिन्छ । उक्त मेलामा भाग लिनका लागि मानिसहरु टाढा टाढाबाट आउँछन् । यो मेलामा प्रवेश गर्नका लागि कुनै शुल्क तिर्नुपर्दैन तर एउटा अनौठो शर्त पालना गर्नुपर्छ । उक्त मेलामा प्रवेश गर्नका लागि तपाइँसँग एकजना पार्टनर हुनु आवश्यक हुन्छ ।

मेलामा हरेक वर्ष ५ हजार भन्दा बढि आगन्तुक जोडी आउँछन् । उनीहरुका लागि विशेष व्यवस्था गरिएको हुन्छ । त्यहाँ बस्नका लागि गुम्बज आकारका कैयन् पालहरु टाँगिएका हुन्छन् । पालभित्र ओड्ने ओछ्याउने लगायतका राम्रो व्यवस्था हुन्छ ।

यो मेलामा हरेक प्रकारको स्वतन्त्रता हुन्छ । मेलामा पार्टनर लिएर आउने जो कोहीले आफ्नो लागि नयाँ पार्टनर खोज्न सक्दछ र पार्टनर बदल्न सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?