Comments Add Comment

सलमान र युलियाको ब्रेकअप !

salman-khan5मुम्बई । बलिउड अभिनेता सलमान खान र रोमानियाली सुन्दरी युलिया वन्तुरविच ब्रेकअप भएको हल्ला छ । भारतीय मिडियाले उल्लेख गरे अनुसार आउदो १८ नोभेम्बरमा बिहेको तयारीमा रहेका सलमानको यसपाली पनि बिबाहको सम्भावना टरेको छ ।

सेप्टेम्बरमा भिषा सकिएपछि रोमानिया फर्किएकी युलिया अहिले सलमानको सम्पर्कमा छैनन् । केहि समय सलमान र युलिया संगै देखिदै आएका थिए । एअरपोर्ट मात्रै हैन कतिपय कार्यक्रममा समेत सलमान युलियासंगै सहभागी हुन्थे । त्यति मात्रै हैन युनियाको जन्मदिनको पार्टी समेत सलमानले आयोजना गरेका थिए ।

आपसी असमझदारी बढेपछि उनीहरु छुटि्एको बताईएपनि सलामानले यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment