+
+

लोकमानलाई कारबाही गर्न सक्दैनौं भने सिन्को भाँच्न पनि सक्दैनौंः चित्रबहादुर

'उफ्रियो-उफ्रियो थच्चियो नहोस्'

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २६ गते १३:०८

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्नुको कारण र अहिले महाअभियोग लगाएर हटाउनु पर्नाको कारणबारे जवाफ मागेका छन् ।

Chitra-Bahadur-Kcशाही कालमा मुख्य सचिव हुँदा जनआन्दोलनमा निर्मम दमन गरेको र राष्ट्रको ढुकुटी उडाएको व्यक्तिलाई अख्तियार प्रमुखमा नियुक्त गर्नुपर्नाको कारण के हो भन्दै उनले प्रश्न गरे । र भने, ‘त्यतिबेला कुन बाध्यताले किन भर्ना गरियो ? साँच्चिकै जनप्रतिनिधि हौं भने यो रोष्टममा आएर भन्नुपर्‍यो ।’

लोकमान सिंह कार्कीलाई संवैधानिक निकायको प्रमुखमा नियुक्त गर्नु हुँदैन भनेर आफ्नो पार्टीसहित नागरिक समाज र विद्यार्थीहरुले आन्दोलन गर्दा समेत बाह्य दबावमा हतार-हतार सपथ खुवाइएको स्मरण गर्दै केसीले भने, ‘अर्काकै करिया, मै के गरुँ भगवान भनेजस्तै समस्या उहाँहरुलाई परेको थियो । वास्तवमा उहाँहरुलाई बाध्य पारिएको हो । यो रोष्टममा आएर भन्नुपर्‍यो हाम्रो घाँटी अठ्याइयो र नियुक्त गर्न बाध्य भइयो भनेर ।’

लोकमानलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने प्रमुख दलहरु नै अहिले चोखो बन्न खोजेको केसीले आरोप लगाए । उनले भने, ‘तर खाएको देखिन्न, बिरालो मारेको देखिन्छ भनेजस्तै आफू चोखो हुने जुन पद्दती छ, हाम्रोलागि दुःखदायी छ ।’

लोकमान भ्रष्टाचारी भएकाले उनलाई कारबाही हुनुपर्ने धारणा केसीले राखे । उनले भने, ‘उफि्रयो-उफि्रयो थच्चियो नहोस् । एउटा भ्रष्टाचारी कर्मचारीलाई कारबाही गर्न सक्दैनौं भने यो देशमा सिंको भाँच्न पनि सक्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?