+
+

तरुण दलको महाधिवेशन शनिबारदेखि

रासस रासस
२०७३ कात्तिक २६ गते १३:२१

२६ कात्तिक, पोखरा । नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन शनिबारदेखि सुरू हुँदैछ ।

Tarun-Dalमहाधिवेशनमा ७३ जिल्लाका एक हजार ४०० प्रतिनिधिको सहभागिता रहने छ । पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

तीन दिने महाधिवेशनको बन्द सत्र कात्तिक २८ गते पोखरा सभागृहमा हुनेछ । बन्द सत्रपछि कात्तिक २९ गते निर्वाचनका कार्यक्रम गरिने तरुण दल कास्कीले जनाएको छ ।

महाधिवेशनमा भाग लिन सबै प्रतिनिधि पोखरा आइसकेका छ । महाधिवेशन सम्पन्न गर्न २२ उपसमिति पनि गठन गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?