Comments Add Comment

सहमतिबिना संविधान संशोधन भए आन्दोलन: ठाकुर

Mahanta Thakur२७ कात्तिक, सिरहा । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको सहमतिबिनाको संविधान संशोधन मान्य नहुने बताएका छन् ।

शनिबार साँझ सिरहाको लहान आइपुगेका अध्यक्ष ठाकुरले पत्रकारहरुसँग कुराकानी गर्दै सहमति नलिई संविधान संशोधन भए आफूहरु आन्दोलनमा जाने बताए ।

संविधान संशोधनको मस्यौदा तयार भइसकेको प्रधानमन्त्रीबाट फोनमार्फत जानकारी प्राप्त भएको बताउँदै ठाकुरले सरकारले ल्याउन लागेको संविधान संशोधनको मस्यौदाको ‘कन्टेन्ट’को बारेमा हालसम्म मधेसी मोर्चासँग कुनै छलफल नभएको दाबी गरे ।

सरकारको बोली र व्यवहार फरक देखिने गरेको आरोप लगाउँदै अध्यक्ष ठाकुरले सरकार र मधेसवादी दलबीच भएको तीनबुँदे सम्झौताअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment