+
+

विप्लवको बन्दले सर्बसाधारणलाई सास्ती

कविन अधिकारी कविन अधिकारी
२०७३ कात्तिक २८ गते १२:०२

banda-3२८ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दले सर्बसाधारण मर्कामा परेका छन् । सार्बजनिक गाडीहरु नचल्दा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

सधैंजसो गाडीको जाम हुने काठमाडौं उपत्यकाका सडकहरु आज सुनसान छन् । गाडी चढ्न नपाएपछि आफ्ना गह्रुंगा झोला बोकेर कष्टपूर्ण तरिकाले हिँड्न सर्बसाधारण बाध्य छन् ।

banda-2चार पांग्रे गाडीहरुको तुलनामा मोटरसाइकलहरु भने चलिरहेका छन् । आफूसँग सवारी साधन नभएकाहरु र हिँडेर गन्तव्यमा पुग्न नसक्नेहरुले रिक्साको सहारा लिएका छन् ।

गाडी चढ्न नपाएर भक्तपुरबाट पैदल यात्रा गर्दै नयाँबानेश्वरसम्म आइपुगेका एक व्यक्ति भन्दै थिए– जनताको लागि राजनीति गर्छु भन्छन् तर हामी जनतालाई नै दुःख दिन्छन् ।banda1-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?