Comments Add Comment

सिक्किममा निरुतालाई ‘आई लभ यू’, भन्छिन्-‘भनेजस्तो केटा नै पाइनँ’

niruta-sing-3
नेपाली चलचित्रको पर्दाबाट हराएकी नायिका निरुता सिंह भारतको सिक्किममा आयोजना भएको ‘चौथो इनास फिल्म अवार्ड’मा सहभागी हुन पुगिन् ।

निरुता नेपाली चलचित्रबाट हराएपनि उनको छाप दर्शकको मनबाट भने हटेको रहनेछ । अवार्डमा सहभागी हुन पुगेकी नायिका सिंहलाई दर्शकले घेरे, अटोग्राफ लिए । यतिमात्र होइन, स्टेजमा पुगेकी निरुतालाई दर्शकले भने-‘आई लभ यू निरुता ।’

हलमा निरुतालाई दर्शकले ‘आई लभ यू’ भनेपछि उनले पनि ‘आई लभ यू २’ भन्दै जवाफ फर्काइन् । सिक्किममा निरुता मिडियासँग खासै खुल्न चाहिनन् ।
niruta-sing-1 niruta-sing-2 niruta-sing-4 niruta-sing-5 niruta-sing-7
अनलाइनखबरसँग छोटो कुराकानी गर्ने क्रममा निरुताले आफू चलचित्रमा र्फकन चाहेको बताइन् । उनले भनिन्-‘चलचित्र खेल्न त मन लाग्छ नी । तर, के गर्नु चलचित्रको अफर नै चित्तवुझ्दो आउँदैन ।’ उनले दर्शकले आफूलाई देखाएको मायामा भने आभार प्रकट गरिन् । निरुताले पहिले आफूलाई जस्तो कथामा अफर आउथ्यो, अहिले पनि उस्तै आउने गरेको भन्दै गतिलो कथामा कमब्याक हुन चाहेको खुलाइन् ।

अविवाहित निरुताले बिहेको प्रश्नमा रमाइलो जवाफ दिइन् । उनले भनिन्-‘बिहे त गर्ने हो । तर, भने जस्तो केटा पनि पाउनु पर्‍यो नी ।’ निरुताले बिहेका लागि आफूले खोजे जस्तो केटा नपाएको गुनासो गरिन् । एक दशक अगाडि नेपाली चलचित्र क्षेत्रमा राज गरेकी निरुता अहिले मुम्बइमा बस्दै आएकी छिन् । niruta-sing-9

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment