Comments Add Comment

बोल्ड नम्रता

नायिका नम्रता श्रेष्ठको नामले कहिलेकाही दर्शक दोधारमा पर्छन् । चलचित्र क्षेत्रमा अर्की नाम चलेकी नम्रता श्रेष्ठ भएका कारण पनि ‘जानी नजानी’ चलचित्रकी नायिका नम्रता श्रेष्ठलाई केही समस्या त परेको छ । तर, उनी आफू यो नाम परिवर्तन गर्न नसक्ने बताउँछिन् ।

‘गाँठो’ चलचित्रबाट यो क्षेत्रमा प्रवेश गरेकी नम्रताको नयाँ चलचित्र ‘जानी नजानी’ चैत्र १ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनी बोल्ड भूमिकामा छिन् । नम्रता भन्छिन्–‘चलचित्रको कथावस्तु निकै नै राम्रो छ । चलचित्रमा मेरो भूमिकालाई दर्शकले मन पराउनुहुनेछ भन्ने आशा छ ।’

हालै, चलचित्रको एक कार्यक्रममा नायिका श्रेष्ठ बोल्ड अवतारमा प्रस्तुत भइन् । नम्रता आफूले यस्तो पहिरन सधै नलगाउने पनि बताउँछिन् । तर, यो पहिरन लगाउँदा अप्ठ्यारो भने नलागेको उनले सुनाइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment