Comments Add Comment

फिल्मी बिहेमा खुलेकी सारा

यो बर्ष रिलिज भएको चलचित्र ‘सुश्री सम्पत्ती’मा काम गरेकी नायिका सारा सिर्पाली यसपछि केही सुस्ताइन् । यो चलचित्र चलिदिएको भए उनी अन्य चलचित्रमा व्यस्त हुने पक्का थियो । तर, चलचित्र नचल्दा सारालाई केही समस्या भएको छ ।

तर, सारा म्यूजिक भिडियो, चलचित्रमा अतिथी कलाकारको रुपमा भने व्यस्त छिन् । हालैमात्र, उनले चलचित्र ‘जात्रै जात्रा’मा समावेश एक लोकलयको गीतमा अतिथी कलाकारको रुपमा काम गरेकी छिन् ।

यो चलचित्रको गीतमा अतिथी कलाकारको रुपमा देखिन लागेकी सारा निकै खुलिन् । बास्तविक जीवनमा कसैको बिहेका यति धेरै खुल्नुभएको छ भन्ने प्रश्नमा उनले भनिन्–‘यो चलचित्र भएर खुल्नु परेको हो । वास्तविक जीवनमा त म अहिलेसम्म बिहेमा पुग्दा यसरी खुलेकी नै छैन ।’

सारा चलचित्रमा सफल हुन नसकेपनि उनको सुन्दरताको चर्चा भने खुबै हुने गर्दछ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment