+
+
Shares

प्रधानमन्त्री र प्रधानसेनापतिबीच छलफल जारी, प्रहरी र सशस्त्रका प्रमुखसँग पनि आजै भेट्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत वितरण र उपचारबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
  • सिंहदरबारमा जारी छलफलमा अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग ब्रिफिङ भइरहेको छ।
  • प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यतालिका रहेको छ।

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल थालेको उनको सचिवालयले जनाएको छ ।

​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल भइरहेको छ ।

प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?