+
+
Shares

वात्सल्य नेचुरल आईभीएफद्वारा ‘इजी मदरहुड इनिसिएटिभ’ सुरु

अब शून्य प्रतिशत ब्याजमा ९ महिने सहज किस्ताबन्दीमार्फत आईभीएफ सेवा उपलब्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वात्सल्य नेचुरल आईभीएफले निःसन्तान दम्पतीका लागि शून्य प्रतिशत ब्याजमा ९ महिनाको मासिक किस्ताबन्दी सेवा ‘इजी मदरहुड इनिसिएटिभ’ सार्वजनिक गरेको छ।
  • यो योजनाबाट सेवाग्राहीले अतिरिक्त ब्याज र लुकेको शुल्कबिनै सम्पूर्ण आईभीएफ तथा प्रजनन उपचार सेवा लिन सक्नेछन्।
  • योजनाको स्वीकृति न्यूनतम कागजी प्रक्रिया र सहज प्रमाणीकरणमार्फत २४ देखि ४८ घण्टाभित्र हुने वात्सल्यले जनाएको छ।

२४ भदौ, काठमाडौं । निःसन्तान दम्पतीलाई अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रजनन उपचार सेवा प्रदान गर्दै आएको नेपालको अग्रणी आईभीएफ क्लिनिक वात्सल्य नेचुरल आईभीएफले सन्तान प्राप्तिको यात्रालाई आर्थिक रूपमा सहज र पहुँचयोग्य बनाउन ‘इजी मदरहुड इनिसिएटिभ’ सार्वजनिक गरेको छ।

यस विशेष पहलअन्तर्गत सेवाग्राहीले कुनै पनि अतिरिक्त ब्याज नतिरी शून्य प्रतिशत ब्याजमा ९ महिनाको सहज मासिक किस्ताबन्दीमार्फत आफ्ना सम्पूर्ण आईभीएफ तथा प्रजनन उपचार सेवा लिन सक्नेछन्।

नेपालमा धेरै दम्पती आर्थिक व्यवस्थापन तथा एकमुष्ट लाग्ने उपचार खर्च जुटाउन नसक्दा समयमै उपचार सुरु गर्नबाट वञ्चित हुने गरेका छन्। प्रजनन स्वास्थ्यमा उमेर र समयको संवेदनशीलतालाई ध्यानमा राख्दै आर्थिक अभावकै कारण कसैको सन्तान जन्माउने सपना अधुरो नरहोस् भन्ने उद्देश्यले यो योजना ल्याइएको वात्सल्यले जनाएको छ।

योजनाका मुख्य विशेषता

शून्य प्रतिशत अतिरिक्त ब्याज : उपचार लागतलाई ९ महिनाको समान किस्तामा विभाजन गरिनेछ। यसमा कुनै अतिरिक्त ब्याज वा लुकेको शुल्क लाग्ने छैन।

उपचारको गुणस्तरमा कुनै सम्झौता छैन : किस्ताबन्दी सुविधा छनोट गरे तापनि दम्पतीले पाउने व्यक्तिगत हेरचाह, क्लिनिकल प्रोटोकल, वरिष्ठ विशेषज्ञको परामर्श तथा अत्याधुनिक एम्ब्रायोलोजी ल्याब सेवा यथावत् रहनेछ।

छिटो र झन्झटमुक्त प्रक्रिया : न्यूनतम कागजी प्रक्रिया तथा सहज प्रमाणीकरणमार्फत २४ देखि ४८ घण्टाभित्र योजना स्वीकृत हुने व्यवस्था मिलाइएको छ। यो योजनाले दम्पतीलाई आफ्नो आकस्मिक बचत तत्काल खर्च नगरी आवश्यक उपचार प्रक्रिया सुरु गर्न सहज बनाउने वात्सल्यको भनाइ छ।

‘इजी मदरहुड इनिसिएटिभ’ अन्तर्गतको सेवा वात्सल्यको नारायणचौर, नक्सालस्थित केन्द्रबाट लिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?