२९ कात्तिक, काठमाडौं । तराई मधेसका २० जिल्लामध्ये १६ जिल्लाबाट स्थानीय तह पुनसंरचना सम्बन्धी प्रतिवेदन केन्द्रमा आएको छैन ।
मधेसवादी दलहरुले तराई मधेसका ती जिल्लामा कुनै पनि हालतमा स्थानीइ तह पुनसंरचना हुन नदिने रणनीति बनाएको हुनाले त्यहाँबाट प्रतिवेदन केन्द्रमा नआएकोआजको समाचारपत्र दैनिकले समाचार लेखेको छ ।
त्यसरी प्रतिवेदन नआएका जिल्लाहरुमा प्रदेश नं २ का सिरहा, सप्तरी, धनुषा, महोत्ततरी, सर्लाही, रौतहट, बारा र पर्सा लगायत छन् ।
आयोगका सदस्य सुनिल रञ्जनसिंहका अनुसार मधेसमा स्थलगत अनुगमनका क्रममा मधेसवादी दलहरु आयोगलाई काम गर्न नदिने पक्षमा देखिए भने प्रमुख तीन दलका जिल्ला नेताहरु हस्ताक्षर गर्न तयार भए पनि स्थानीय तहको काममा सघाउन तत्पर नदेखिएको समाचारपत्रले लेखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4