+
+

बदलिएकी पूजा, बन्दैछिन् हट

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २९ गते १०:३०

puja-sharma-hot
समयले मानिसलाई परिवर्तित गराउँछ । मानिसलाई परिवर्तन गर्ने अर्को पाटो हो सफलता वा असफलता । संभवत अहिले सफलताको विन्दुमा पाइला राख्दै गर्दा नायिका पूजा शर्मा पनि बदलिएकी छिन् । चलचित्र ‘प्रेमगीत’ रिलिज अगाडि उनी खासै चर्चामा थिइनन् । तर, यो चलचित्र रिलिज भएपछि उनलाई चिन्नेहरु बढे । मिडियामा पनि उनको स्थान राम्रो बन्न थाल्यो ।

यो चलचित्रको एक गीतमा पूजाले स्विमिङ पुलमा डान्स गरेकी छिन् । सायद, यो डान्सको नशा अझै पनि उनमा उत्रिएको छैन होला । केहि दिन अगाडि आयोजना भएको एक कार्यक्रममा उनको पहिरन निकै खुलेको थियो । छोटो वन पिसमा पुगेकी पूजाको यो तस्बिर चर्चामा रह्यो । सायद, यहि कुरा वुझेर हुनसक्छ पूजा थाइल्याण्ड पुगेर झनै खुलिन् ।

थाइल्याण्डमा विकिनी लगाएर समुन्द्रमा मस्ती गरेकी पूजाले फेसबुकमा तस्बिर शेयर गरिन् । हुनत, समुन्द्रमा पुगेर नखुल्ने यूवा-यूवती कमै होलान् । तर, पूजा भने अब गसिपको दुनियाँमा रमाउन थालेकी छिन् । उनको यो तस्बिरले यसकै संकेत गरेको छ ।

puja-sharma-hot-16

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?