+
+

‘जिओनी विथ सेल्फी फ्ल्याश’ प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २९ गते १८:०६

gionee-flash
२९ कात्तिक, काठमाडौं । चिनियाँ स्मार्टफोन जिओनीले आफ्ना ग्राहक वर्गलाई लक्षित गर्दै ‘जिओनी विथ सेल्फी फ्ल्याश’ प्रतियोगिता गर्ने भएको छ ।

प्रतियोगितामार्फत दश जना विजेताले उत्कृष्ट सेल्फी फोन मध्यको एक (जिओनी एस सिक्स एस) जित्नेछन् । यो प्रतियोगितामा सेल्फी खिच्न रुचाउनेहरुले एउटा रमाइलो सेल्फी खिच्नुपर्ने हुन्छ । विभिन्न एप प्रयोग गरी सेल्फीलाई सकेसम्म रमाइलो बनाउनुपर्छ ।

उक्त सेल्फीलाई जिओनी एस सिक्स विथ सेल्फी फ्लाशमा आफ्नै फेसबुकमा प्राइभेसी पब्लिकसहित सेयर गर्नुपर्ने कम्पनीले जजाएको छ । जिओनी नेपालको फेसबुक पेजमा रहेको कन्टेस्ट भिडियोमा सो सेल्फी फोटो कमेन्ट गर्नुपर्छ ।

जिओनी र चर्चित फोटोग्राफर राजभाइ सुवालद्वारा छानिएका उत्कृष्ट सेल्फीहरु लाइक एण्ड विन कन्टेस्टका लागि छानिनेछन् ।

प्रतिगोयिताको दोस्रो भागबाट सबैभन्दा बढी लाइक प्राप्त गर्ने दश सेल्फीले सेल्फी फ्लाशसहितको नयाँ जियोनि एस सिक्स एस जित्ने कम्पनीले जनाएको छ । प्रतियोगिताको पहिलो चरण २०७३ मंसिर १५ सम्म चल्नेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?