Comments Add Comment

साउदीबाट हलवाईको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

prachanda (5)

३० कात्तिक, काठमाडौं । दुई महिनाअघि साउदी अरवको दमाममा मृत्यु भएका बााकेका मोहमद अकवर हलवाईको शव तत्काल नेपाल ल्याउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले नेपालगञ्ज-४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाका लागि नेपाली दूताबासलाई निर्देशन दिएका हुन् ।

सोमबार परराष्ट्र सचिव शंकरदास बैरागीलाई फोन गरी हलवाईको शव तुरुन्तै नेपाल ल्याउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै परराष्ट्र सचिव बैरागीले नेपालका लागि साउदी अरवका कार्यबाहक राजदूत आनन्द शर्मालाई टेलिफोन गरी हलवाईको शव नेपाल ल्याउनेबारे प्रधानमन्त्रीको निर्देशन अवगत गराएका थिए ।

बैरागीले प्रधानमन्त्रीको निर्देशन अवगत गराएपछि कार्यवाहक राजदूत शर्माले हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न दूताबासले तुरुन्तै प्रक्रिया अगाडि बढाउने र तीन, चार दिनभित्रै शव नेपाल आउने विश्वास दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment