+
+

कान्साई पेन्ट्सको शो-रुम पोखरामा

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ कात्तिक ३० गते ११:१३

kansai-nerolac
३० कात्तिक, काठमाडौं । कान्साई पेन्ट्स नेपाल प्रालिले पोखरामा शाखा शो-रुम खोलेको छ । कान्साई पेन्ट्सको रङरोगन तथा डेकोरेटिभ पेन्ट्स सम्बन्धी सम्पूर्ण परामर्श दिने उद्धेश्यले ‘सिजी अपूर्वा’को नाममा शो-रुम खोलेको हो ।

कान्साई नेरोल्याक पेन्ट्स लिमिटेडको शाखा कम्पनीको रुपमा काम गर्दै आएको कान्साई पेन्ट्स नेपाल प्रालिले खोलेको ‘सिजी अपूर्वा’को सोमबार एक समारोहकाबीच कान्साई पेन्ट्स नेपाल प्रालिका निर्देशक अशोक वैद्यले उद्घाटन गरे ।

पेन्ट्स उत्पादनमा अत्याधुनिक प्रविधी तथा नविनतम प्रयोगका लागि अन्र्तराष्ट्रिय रुपमै ख्यातीप्राप्त सो कम्पनीले पोखरा बजारमा आफ्नो पकड पार्ने उद्धेश्यसहित शाखा खोलेको जनाएको छ ।

बजार विस्तारको क्रममा काठमाण्डौं, विरगञ्ज हुँदै पोखरामा अत्याधुनिक सुविधा सम्पन्न डिलरको सो-रुम सीजी अपुर्वा स्थापना गरेको अपुर्वाका निर्देशक राजु गुप्ताले बताए ।

शाखा डिलरको रुपमा स्थापित सिजी अपूर्वा एक करोडको लागतमा सञ्चालनमा ल्याइएको उनले बताए । उपभोक्ताको माग अनुसार डिलर खोलिएको उनको भनाई छ । अन्य रंगहरु भन्दा आफ्नो कम्पनीको रंग मानव स्वास्थ्यका दृष्टिले पनि उपयुक्त भएको गुप्ताले दाबी गरे ।
जापनिज कम्पनीबाट उत्पादित यसका सामानहरु हाल ६० देशमा पुगेको उनले बताए । नेपालमा भने सालिमा ग्रुपबाट सञ्चालित यसको विरगञ्जमा यसको उद्योग रहेको छ । उक्त सो रुममा पेन्टीङ सहितका सेनिटरीका सामानहरु समेत उपलब्ध गराइने पोखरा सोरुमका निर्देशक दिनेशप्रसाद चौधरीले बताए ।

अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिको प्रयोगले नेपाली पेन्ट्स उद्योगलाई टेवा दिँदै उच्च स्तरीय पेन्टस् उत्पादन गर्ने लक्ष्यका साथै नेपालमै उत्पादन शुरु गरिएको छ । चालु आर्थिक वर्षमा सवैभन्दा बढि विक्रीदर भएको र भइरहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?