Comments Add Comment

ज्वानोका गुणैगुण, जाडोमा यस्तो गर्छ फाइदा

काठमाडौं । भान्छामा पाइने विभिन्न मसलामध्ये ज्वानो पनि एक हो । यो मसला मात्र नभई औषधीय गुणले भरिपूर्ण खुराक हो । आकारमा सानो भए पनि ज्वानोका धेरै फाइदा छन् ।

juwanoयी फाइदामध्ये पाचन प्रक्रियामा यो निकै लाभदायक मानिन्छ । पाचन प्रक्रियालाई सशक्त बनाई यसले पेटको विकार हटाउन महत्वपूर्ण भूमिका खेल्छ । त्यस क्रममा पेटको जलन कम गर्नुका साथै यसले भोक समेत जगाउँछ । ग्याष्ट्रिक भएको बेलामा ज्वानो-पानीको सेवनले पेटलाई क्षणभरमै आराम दिन्छ ।

जाडो मौसममा ज्वानो अझ उपयोगी मानिन्छ । चिसोले घाँटी पक्रने, कफ जम्ने समस्या हुँदा ज्वानोले घाँटीको कफ निकाल्न मद्दत गर्छ । यसैले बूढापाकाहरु मनतातो पानीसँग ज्वानो सेवन गर्न सल्लाह पनि दिन्छन् । खोकी लागेको बेला ज्वानो-पानी खाएमा राहत मिल्छ । ज्वानोले शरीरको चिसो हटाउँछ ।

पुरानो खोकी तथा श्वासप्रश्वास सम्बन्धी रोगमा ज्वानोको धूलो वा ज्वानोलाई आगोमा पोलेर त्यसको धुवाँ सेवन गर्नाले विशेष लाभ मिल्छ । यस्तै, सासको दुर्गन्ध हटाउन र शरीर सुन्निँदा ज्वानोले फाइदा गर्छ । बान्ता रोक्न, मुख सम्बन्धी समस्या तथा पाइल्स रोगमा समेत यो लाभकारी मानिन्छ ।

ज्वानोमा एन्टीब्याक्टेरियल तत्व हुने भएकाले शरीरमा प्रवेश गर्ने हानिकारक ब्याक्टेरियाबाट समेत हामीलाई बचाउँछ ।

ज्वानोले रजस्वाला तथा सुत्केरी व्यथामा धेरै आराम दिलाउँछ । यसले गर्भाशयलाई प्राकृतिक आकारमा राख्न र प्रजनन सम्बन्धी रोगबाट बचाउँछ ।

त्यस्तै, एक चम्चा ज्वानो, मह र भेनेगरलाई १० दिनसम्म मिसाएर सेवन गर्नाले ज्वानोले मिर्गौलाको पत्थरी हटाउन सहयोग पुर्‍याउँछ ।

ज्वानोलाई तेलमा फुराएर राति खुट्टाको मालिस गरेमा बाथ रोगमा औषधिको काम गर्छ । चुरोट, पान, सुर्ती छोड्न चाहनेले ज्वानो सेवन गरेमा त्यस्ता कुलतबाट चाँडै छुटकारा पाउन सक्छन् ।

यति मात्र होइन, ज्वानोको बास्नाले घर तथा भान्सा वरिपरि रहेका हानिकारक कीरा-फट्याङग्रा र लामखुट्टेलाई भगाउन पनि सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment