Comments Add Comment

चिलीले उरुग्वेलाई हरायो, सान्चेजले गरे दुई गोल

chile१ मंसिर, काठमाडौं । विश्वकप छनौट फुटबलमा चिलीले उरुग्वेलाई पराजित गरेको छ । बुधबार विहान भएको खेलमा कोपा अमेरिका च्याम्पियन चिलीले उरुग्वेमाथि ३–१को जित हात पारेको हो ।

खेलमा अग्रता भने उरुग्वले लिएको थियो । १७ औं मिनेटमा लुइस स्वरेजको पासमा काभानीले गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा भार्गासले चिलीका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफमा भने चिली हावी भयो । ६० औं मिनेटमा एलेक्स सान्चेजले गोल गर्दै चिलीलाई २–१ को अग्रता दिलाए । ७६ औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गरेपछि चिलीले जित सुनिश्चित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment