+
+

सीटी सेन्टरमा मेलिनासँग के गर्दै थिइन् नीशा ?

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १ गते १८:२२

nisha-in-romeo-shoot-1
एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘रोमियो’को हाल धमाधम छायांकन चलिरहेको छ । काठमाण्डौको सीटी सेन्टरमा अनलाइनखबरको टीम पुग्दा नायिकाद्धय नीशा अधिकारी र मेलिना मानन्धर आफ्नो संवाद बोलिरहेका थिए । नीशा र मेलिना सीटी सेन्टरमा सपिङ गर्न पुगेको दृश्यले बताइरहेको थियो ।

छायांकन भएको १२ दिनमै ४० प्रतिशत बढी काम सकिएको निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए । उनका अनुसार, पहिला दृश्यहरु सकाएर गीतको छायांकन गरिनेछ ।
nisha-in-romeo-shoot-4 nisha-in-romeo-shoot-5
यो चलचित्रलाई नव-निर्देशक शंकर कार्कीले निर्देशन गरिरहेका छन् । चलचित्रमा सुरेश न्यौपाने, सुवास सुवेदी र रामकुमार श्रेष्ठ सह-निर्देशकको रुपमा छन् । नीशा र मेलिनाको दृश्य सकिएपछि नायक हसनराजा खान र नव-नायिका ओसिमा वनु टेकका लागि तयार भए । ओसिमाले पहिलो चलचित्र भएपनि आफूलाई अप्ठ्यारो नभएको र चलचित्रको नशा लागिसकेको बताइन् ।

चलचित्रका दृश्यलाई छायांकार रामेश्वर कार्कीले आफ्नो क्यामेरामा कैद गरिरहेका थिए । किरण घिमिरे ‘माइकल’को लेखन रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा अष्ट महर्जनको एक्सन, गम्भिर विष्ट र विपेन गुरुङको कोरियोग्राफी छ । नायिका नीशा अधिकारी चलचित्रमा आफ्नो भूमिकालाई लिएर अत्यन्तै उत्साहित देखिइन् । नीशाले भूमिका खेलाउन त मानिन् । hasan-and-melina melina-manandhar-1
तर, मन्दिरमा चढाउन नमिल्ने फूल जस्तै चलचित्रमा आफ्नो भूमिका भएको उनले सुनाइन् । यो चलचित्रलाई आउँदो बर्षको वैशाख महिनामा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । चलचित्रमा प्रकाश महरा र प्रकाश हमाल प्रोडक्शन कन्ट्रोलरको रुपमा काम गरिरहेका छन् । osima-and-hasan-1 osima-and-hasan-4 prakash-hamal-and-mahara

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?