+
+

‘न्यूयोर्कका मानिस ट्रम्पसँग डराएका छन्’

बीबीसीको सहयोगमा बीबीसीको सहयोगमा
२०७३ मंसिर २ गते ९:०३

blajiyo-usa२ मंसिर, काठमाडों । न्यूयोर्कका मेयर बिल डे ब्लासियोले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्दै न्यूयोर्कका जनता नयाँ प्रशासनसँग डराएको बताएका छन् ।

डे ब्लासियोले ट्रम्पसँगको बैठक मा पर्याप्त कागजपत्र नभएका आप्रवासीलाइ स्वदेश फिर्ता पठाउने विषयको विपक्षमा उभिने बताएको उल्लेख गरेका छन् ।

ब्लासियोका अनुसार आप्रवासीका लागि ट्रम्पले अघि सारेका योजना न्यूयोर्क जस्ता सहरमा काम गर्ने छैनन्, जुन आप्रवासीको लागि सबैभन्दा राम्रो ठाउँ हो ।

ट्रम्पले चुनाव जितेसँगै सबै आप्रवासीलाई उनीहरुको देश पठाउने वा जेल पठाउने बताएका थिए । यस्ता मासिनको संख्या ३० लाख रहको बताइएको छ ।

लस एन्जलस, सन फ्रान्सिस्को, शिकागो, बोस्टन, फिलाडेल्फिया तथा वासिंटन डीसीका मेयरले पनि आफ्ना शहरका मानिसको कुनै पनि अवस्थामा सुरक्षा गर्ने जनाइसकेका छन् । ब्लासियो ट्रम्पको जितपछि न्यूयोर्कमा आप्रवासीको पक्षामा खुलेर लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?