+
+

ओबामाको जस्तो अनुहारले यसरी चम्कियो भाग्य (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २ गते ९:१९

हामीले सुन्ने गरेका छौँ की दुनियामा एउटै अनुहार भएका ७ जना मान्छे हुन्छन् अरे । तर यो सत्य हो की होइन थाहा भएन । जे होस्, विश्वमा एक जना मान्छेको अनुहार अर्को कुनै मानिससँग मिलेको छ हुन्छ नै । यहीँ अनुहार मिल्ने सिलसिलामा यदि कसैको अनुहार विदाई हुँदै गरेका अमेरिकी राष्ट्रपति बाराक ओबामासँग मिल्यो भने के होला ?

chinese-president-barack-obama-lookalike-xiao-jiguoसाँच्चै ओबामासँग अनुहार मिल्दा फलिफाप हुँदोरहेछ । चीनका एक २९ वर्षीय सियाओ जिगुवाको अनुहार ओबामासँग मिलेकै कारण उनी सेलिब्रेटी बनेका छन् र भाग्य नै बदलिएको छ ।

अोबामाको जस्तै अनुहारले उनलाई नाम र दाम दुबै दिइरहेको छ । सियाओको भाग्य बदलिनुमा उनका साथीहरुको ठूलो हात छ । उनका साथीहरुले सियाओको एउटा भिडियो इन्टरनेटमा अपलोड गरिदिएछन् । त्यसपछि त के चाहियो र ? नक्कली ओबामाको रुपमा उनी एकाएक भाइरल बने ।

आफ्नो नयाँ ओबामा पहिचानसँगै उनले एउटा टेलिभिजन शो मा भाग लिए । चिनिया सपना नामक टेलिभिजन शो मा भाग लिएपछि उनको चर्चा झनै चुलियो । त्यसपछि उनी एक अनलाइन धारावाहिकको हिस्सा बने । उक्त धारावाहिकमा उनी राष्ट्रपति ओबामा बनेर महिलाहरुसँग डेट गर्दथे ।

पूर्णरुपमा ओबामाजस्तो देखिनका लागि उनले सानो प्लास्टिक सर्जरी पनि गरेका छन् । उनी विभिन्न खाले शर्ट फिल्म तथा लाइभ शो हरुमा व्यस्त छन् । एउटा लाइभ शो मा भाग लिएको उनले १५ हजार रुपैयाँ बराबरको रकम लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?