+
+

नोटबन्दीको साइड इफेक्टः भारतमा ३४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर २ गते ११:४९

india-indianrupees२ मंसिर, काठमाडौं । भारत सरकारले ५ सय र १ हजारका नोटलाई अवैध गरिदिएपछि भारतीय जनजीवन नराम्ररी प्रभावित बनिरहेको छ । ‘नोटबन्दी’ का कारणले भारतका विभिन्न भागमा हालसम्म ३४ जनाको मृत्यु भएको समाचार भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित गरेका छन् ।

सञ्चारमाध्यमका अनुसार नोटबन्दीले गर्दा हालसम्म युपीमा १०, मध्यप्रदेशमा ३, विहारमा २, केरलामा २, कर्नाटकमा २, तेलंगनामा २, दिल्लीमा १, गुजरातमा २ र महाराष्ट्रमा २ जनाको मृत्यू भइसकेको छ । यसैगरी असाम, पञ्जाब, छत्तिसगढ, पश्चिम बंगाल, आन्ध्रप्रदेश र ओडिशामा पनि एक–एक जनाको ज्यान गएको छ । कसैको नोटका लागि लामो लाइन लाग्ने क्रममा मृत्यू भएको छ भने कसैको नोटबन्दीको खबरपछि हार्ट अट्याक भएर मृत्यु भएको छ ।

मोदी सरकारले गत ८ नोभेम्बरको मध्यराति ५ सय र १००० रुपैयाको नोट बन्द गरिएको घोषणा गरेको थियो ।

मृत्यू कसरी भयो ?

. युपीको सातवार नगरमा बस्ने सुरेश सोनारको नोटबन्दीका कारण हार्ट अट्याक भएर मृत्यु भयो । परिवारका अनुसार घरमा उनकी छोरी सुमनको बिहे थियो । तिलक समारोह गर्नुपर्ने थियो । तर सुरेशले ५०० र १००० को नोट साट्न सकेनन् । यही तनावले उनलाई हर्ट अट्याक भयो ।

बुलंदशहरमा एक १७ सालका किशोरले आत्महत्या गरे । उनले आमासँग नयाँ नोट मागिरहेका थिए । नपाएपछि झोकै झोकमा आफ्नो ज्यान फाले ।

. बरेलीमा ५६ वर्षिय खलिफ हसनको मृत्यू भयो । उनी पैसा निल्न लाइन लागेका थिए । लामो लाइन बस्ने क्रममा उनी रिंगटा लागेर ढले र त्यहीँ उनको ज्यान गयो ।

. तेलंगनामा एक किसान परिवारले विष खायो । बलैया नाम गरेका किसानले गत मंगलबार राति तरकारीमा विष मिसाइदिएका थिए । बलैया र उनका बाबुको मृत्यू भयो भने श्रीमती र छोरा अस्पताल भर्ना भएका छन् । नोटबन्दीपछि आफ्नो जग्गाको मूल्य ओरालो लागेकोमा बलैया तनावमा परेको बताइन्छ । बलैयासँग ६ एकड जग्गा थियो । उनी यसलाई ६ देखि ७ लाख प्रति एकडको दरले बेच्न चाहन्थे । तर नोटबन्दीपछि जग्गाको भाउ खस्केर २ देखि ३ लाख प्रतिएकडमा झ¥यो । यहमी चिन्तामा परेर बलैयाले कठोर कदम चाले ।

दिल्लीको हौजकाजीमा बस्ने सुदुल रहमानको बुधबार बैंकमा लाइन बस्ने क्रममा मृत्यु भयो । परिवारका अनुसार रहमान तीन दिनदेखि नोटका लागि लाइन बस्दै आएका थिए तर पाएका थिएनन् । बुधबार उनी राति ३ बजे नै लाइन बस्न पुगेका थिए । दिउसो १२ बजे लाइनमै बसिरहेका बेला उनलाई हार्ट अट्याक आयो । तुरुन्तै अस्पताल पुर्याइए तापनि उनको ज्यान बचेन ।

. पञ्जाबको तरनतारनमा किसान सुखदेव सिंहको पनि नोटबन्दीका कारण हार्ट अट्याक भएर मृत्यु भयो । चार दिनपछि उनकी छोरीको विहे थियो । बिहेका लागि उनले पैसा जम्मा गरेका थिए । तर ती पैसा काम नलाग्ने भएपछि त्यही चिन्ताले श्रीमानको मृत्यु भएको उनकी पत्नीले बताएकी छिन् ।

. तेलंगानाको सिकंदारावादमा एक ७५ वर्षिय वृद्ध लक्ष्मीनारायणको नोट साट्न लाइन लागिरहेको बेला मृत्यु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?