+
+

शाहरुखलाई चुरोट छाड्न अक्षयको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १६ गते १३:४२

sharukh-and-akachyaबलिउड अभिनेता अक्षय कुमारले अर्का अभिनेता शाहरुख खानलाई चुरोट नपिउने सल्लाह दिएका छन् । चुरोट पिउन नछाडेसम्म शाहरुखले आफूलाई उछिन्न नसक्ने उनको दावी छ ।

एउटा टिभी शोमा उपस्थित भएका अक्षयलाई तीन खान हिरोहरु शाहरुख, सलमान र अमिरमध्ये कसको करिअर र स्टारडम अगाडि जानेछ भनेर सोधिएको थियो । जवाफमा अक्षयले भने, ‘चुरोट पिउन छोडिदिए भने शाहरुखको स्टारडम मेरो तुलनामा माथि जानेछ । होइन भने म नै अब्बल हुनेछु ।’

सन् २०११ मा दिएको एक अन्तरवार्तामा शाहरुखले आफूले दिनमा १०० भन्दा बढि चुरोट पिउने गरेको खुलासा गरेका थिए । यद्यपि पारिवारिक दवावका कारण अहिले उनी पहिलेजस्तो पिउदैनन् । र पनि हरेक तीन घन्टाको अन्तरालमा उनलाई धुवाँ उडाउनैपर्छ । शाहरुख जस्तै सलमान पनि धुम्रपानको लतमा छन् ।

सुत्नुअघि पत्नीसँग तास खेल्छन् अक्षय

उक्त टेलिभिजन शोमा अक्षयकी पत्नी ट्वीङ्कल पनि उपस्थित थिइन् । उनले हरेक रात सुत्नुअघि श्रीमानसँग तास फिट्ने गरेको सुनाइन् । ट्वीङ्कलका अनुसार अहिलेसम्म बुढाबुढीबीच चार लाख रुपैयाँसम्मको हारजित भएको छ । आफूहरुबीच बिहे अगाडि १५ दिन मात्र अफेयर चलेको उक्त कार्यक्रममा अक्षय र ट्वीङ्कलले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?