Comments Add Comment

चीनमा नम्बर एक बन्यो ओप्पो मोबाइल

हुवावे तेस्रोमा झर्‍यो, भिभो दोस्रो

oppo-smartphone-logoकाठमाडौं । स्मार्टफोन बजारमा चमत्कारिक प्रदर्शन गरिरहेको ओप्पो मोबाइल चिनियाँ बजारमा नम्बर एक स्थानमा उक्लिन सफल भएको छ ।

चीनको ईन्फरमेशन ह्याण्डलिङ सर्भिसेज (आईएचएस)का रिसर्च एनालिष्ट केभिन व्याङद्वारा सेयर गरिएको तथ्याङ्क अनुसार सन् २०१६ को तेस्रो चौमासमा ओप्पोले हुवावेलाई पछि पार्दै चिनियाँ स्मार्टफोन बजारको शीर्ष स्थान ओगट्न सफल भएको छ ।

तेस्रो त्रैमासमा ओप्पोले २ करोड २० लाख (२२ मिलियन) थान स्मार्टफोन बिक्री गर्न सफल भएको सो तथ्याङ्कले जनाएको छ ।

gsmarena_001

अघिल्ला त्रैमासहरुमा हुवावे चिनियाँ बजारमा पहिलो स्थानमा रहने गरेकोमा यो त्रैमासमा आइपुग्दा जम्मा १ करोड ८० लाख थान बिक्री गरेर तेस्रो स्थानमा झर्न पुगेको छ । दोस्रो त्रैमासमा हुवावे ३ करोड २० लाख थान मोबाइल बेच्न सफल भएको थियो । यो आधारमा हेर्दा हुवावेले अनपेक्षित ह्रास बेहोर्नुपरेको छ ।

बिक्री सङ्ख्यालाई आधार मान्दा तेस्रो चौमासमा चिनियाँ स्मार्टफोन बजारको दोस्रो स्थानमा १९ मिलियन स्मार्टफोन बिक्री गर्दै भिभो उक्लिएको छ । भिभो पनि ओप्पोकै प्रबर्द्धकहरुले उत्पादन गर्ने अर्को प्रतिस्पर्धी मोबाइल ब्राण्ड हो ।

Oppo-Smartphone

चौथो स्थानमा १ करोड २० लाख थान मोबाइल बेच्दै शाओमी आइपुगेको छ भने पाँचौ स्थानमा एप्पल रहेको छ जसले १ करोड १० लाख थान आइफोन बेचेको स्मार्टफोनसम्बन्धी न्यूज पोर्टल जीएसएम अरिनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment