+
+

डाक्टरले आफू मरेको समाचार खण्डन गर्नुपर्दा…

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३ गते ७:४०

dr-b-sinha

३ मंसिर, काठमाडौं । जिउँदै रहेको व्यक्तिलाई मर्‍यो भनेर समाचार सार्बजनिक हुँदा कस्तो होला ? कल्पना गर्नुस् त । भारतीय एक डाक्टरले आफू मृत्यु भएको समाचार आफैले पढे । उनी जिउँदै रहे पनि भारतीय सञ्चारमाध्यमहरुले मरेको भनेर समाचार प्रकाशन/प्रसारण गरे । समाचारको खण्डन गर्न र आफू जिउँदै भएको प्रमाणित गर्न उनले पत्रकार सम्मेलन नै गर्नुपर्‍यो ।

भारतमा कालोधन विरुद्ध सरकारले अभियान चलाइरहेको छ । एक हजार र पाँच सय दरका नोटहरुमा प्रतिबन्ध सो अभियानको पछिल्लो कदम हो । यसै क्रममा सरकारी टोलीले डा. बी. सिन्हाको घरमा छापा मार्‍यो र उनको हृदयघातका कारण मृत्यु भयो भनेर अफवाह फैलिएको थियो ।

डा. सिन्हाले भने, ‘कर अधिकारीहरुले घरमा छापा मारेपछि हृदयघातको कारण मेरो मृत्यु भयो भनेर अफवाह फैलाइयो । मेरो इज्जतको धज्जी उडाइयो ।’

मंगलबार भारतको एक स्थानीय सञ्चार माध्यममा बिहारको छपरा जिल्लामा ६५ वर्षीय डाक्टर सिन्हाको भवनमा आयकर अधिकारीहरुले छापा मारे किनकी उनले ६ करोड रुपैयाँ अवैध रुपमा राखेका थिए भनेर समाचार आएको थियो । डा. सिन्हाले यो समाचार बिल्कुल निराधार रहेको बताए ।

डा. सिन्हाका अनुसार स्थानीय टिभी च्यानलका एक सम्वाददाता र क्यामराम्यान उनको घर बाहिर आए । घरको फुटेज लिन थाले र सामाजिक सञ्जालमा हालिदिए । ह्वाट्सऐपमा डाक्टर सिन्हाको मृत्यु भएको खबर आगोजसरी फैलियो ।

उनले भने, ‘स्थिति तब झन् खराब भयो जब जिल्लाभर यो अफवाह फैलिँदै गयो कि आयकर अधिकारीहरुले घरमा छापा मारेपछि हृदयघातका कारण मृत्यु भयो भनेर ।’

उनले आफ्नोबारे अफवाह फैलाउने दुई टेलिभिजन च्यानल र एक समाचार वेबसाइटविरुद्ध कानुनी कारबाहीको माग गर्दै उजुरी गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतमा पाँच सय र एक हजार रुपैयाँ दरका नोटमा प्रतिबन्ध लगाउने सरकारको निर्णय सुनेर धेरै व्यक्तिहरुको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बैंक बाहिर नोट साट्न लाइन लागेकाहरु पनि छन् र अस्पतालले पाँच सय र एक हजारका नोट लिन इन्कार गरेपछि उपचार गराउन नपाएर ज्यान गुमाउनेहरु पनि छन् ।

-बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?