Comments Add Comment

भिमफेदी गाइजसँग नाँचिन् ठमेलकी सुन्दरी

bhim-fedi-gyesकाठमाडौं । चलचित्र ‘लुट- २’ को ठमेल बजार बोलको गीत अहिले निकै चर्चामा छ । यहि गीतको चर्चाले एलिशा राईको क्रेजलाई ह्वात्तै बढाएको छ । त्यो सँगै एलिशाको व्यस्तता पनि बढेको छ ।

उनको नयाँ प्रस्तुतीहरु सार्वजनिक हुने क्रम पनि दिनप्रतिदिन बढिरहेको छ । ठमेल बजारमा मनमोहक नृत्य प्रस्तुत गरेकी एलिशा पछिल्लो समय चर्चामा रहेका भिमफेदी गाइजसँग देखिएकी छिन् ।

म परे झापाली बोलको गीतमा उनले भिमफेदी गाइजसँग अभिनय गरेकी छिन् । निर्मल लामाको कोरियोग्राफी रहेको उक्त गीतलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । निकै रमाइलो गीतमा एरिक गिरी र जुना प्रसाईँको स्वर रहेको छ भने एरिक गिरीकै शब्द र संगीत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment