+
+

कुपोषणको उपचारका लागि बहिरंग सेवा

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ४ गते १८:५९

काठमाडौं । कर्णाली अञ्चलका बालबालिकामा हुने कडा खालको कुपोषणको उपचारका लागि स्वास्थ्य मन्त्रालयले स्थानीय स्वास्थ्य चौकीहरुमा बहिरंग सेवा संचालन गर्ने भएको छ ।

kuposanपहिलो चरणमा अञ्चलभरीका ५० वटा स्वास्थ्य चौकीमा कडा कुपोषणको शिध्र उपचारको लागि बहिरंग सेवा केन्द्र स्थापना गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको बालस्वास्थ्य महाशाखाले आगामी तीन महिनाभित्र कर्णालीभरि पोषण कार्यक्रम लागु गर्ने तयारी गरेको छ ।

महाशाखाले स्थानीय रुपमा महिला स्वयम् सेविका तथा जनचेतनामूलक कार्यक्रम मार्फत कुपोषणको पहिचान र समाधानको लागि पहल गर्ने जनाएको छ ।

मन्त्रालयले ५० वटा स्वास्थ्य चौकीमा कुपोषणको उपचारको लागि तयारी खाना पु¥याउने र केही स्थानमा सर्वोत्तम पिठो उपलब्ध गरिरहेको छ । कुपोषण भएका बालबालिका उपचार गर्न आउदा यातायात खर्च र विरामी कुरुवाको लागि समेत केही सहुलियत दिने महाशाखाको तयारी छ ।

महाशाखाले कुपोषण भएका बालबालिकाको उपचारको लागि ७५ वटै जिल्ला अस्पतालमा एक एक लाख बराबरको कुपोषण उपचार कोष समेत स्थापना गर्ने बताएको छ ।

बालमहाशाखामा अहिले सम्म प्राप्त विवरणहरुका अनुसार कुपोषणका बालबालिका सवै भन्दा धेरै कञ्चनपुर र सप्तरीमा बढी देखिएको छ । कुपोषण भएकाहरु मध्ये हालसम्म ४० हजार जनाले अस्पतालमा उपचार गराएका छन् ।

नेपालमा सन् २०१० देखि पाँच जिल्लाबाट कुपोषण विरुद्धको अभियान सुरु भएको महाशाखाका प्रमुख राजकुमार पोखरेलले जानकारी दिए । बर्दिया, अछाम, कञ्चनपुर, मुगु र जजरकोटबाट सुरु भएको अभियान अहिले जुम्ला, कपिलबस्तु, सर्लाही, सप्तरी, धनुषा, ओखलढुङ्गा, कालिकोट, हुम्ला, डोल्पा, बझाङ्ग, बाजुरा, बैतडी र डडेलधुरामा सञ्चालन भइरहेको छ ।

दीर्घ कुपोषणबाट नेपालमा ५ वर्षमुनीका करिव ४१ प्रतिशत बालबालिकाहरू ग्रस्त छन् । कम तौल, पुड्कोपन, ख्याउटेपन लगायतका लक्ष्यण देखिएकालाई कुपोषण भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?