+
+

आवाज नआउने एरोक्वाइट सिलिङ फ्यान नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ५ गते १२:१८

aero
५ मंसिर, काठमाडौं । भारतीय चर्चित राष्ट्रिय कम्पनी बिरला ग्रुप अन्तर्गत सिके बिरला ग्रुपले नेपाली बजारमा आवाज नआउने एरोक्वाइट सिलिङ फ्यान सार्वजनिक गर्दै बिक्री सुरु गरेकेा छ ।

कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी इलेक्ट्रो-टेक २०१६लागि लक्षित गर्दै उक्त फ्यान सार्वजनिक गरेको हो ।

कम्पनीले एरियो शृंखलामा पहिलो पटक छुट्टै प्रकारको असाधारण क्षमता भएको पि्रमियम सिलिङ फ्यान तयार पारेको हो । यसमा शक्तिशाली मोटर र एरो डायनामिक डिजाइन गरिएको कम्पनीको दाबी छ ।

ओरियन्ट एरोक्वाइटसँग १२०० एमएम स्विप र सय प्रतिशत खियारहित ब्लेड उच्चस्तरको काँचद्वारा निर्मित छ । ब्लेडलाई दह्रो बनाउन यसमा एबिएसको मिश्रण गरिएको छ ।

स्मुथ अनि शान्त सञ्चालनको निम्ति १८ पोल ठूलो मोटरसहित डबल बल बेयरिङको प्रयोग गरिएको छ । यसको बजार मूल्य १२ सय देखि १५ हजार रूपैयाँसम्म पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?