+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

फ्रेण्ड्स अफ नेपालको आयोजनामा पश्चिम अष्ट्रेलियामा चंगा चेट

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ५ गते १३:४०

kite-festival-australiaपर्थ । पश्चिम अष्ट्रेलियामा आइतबार दिउँसो चंगा महोत्सव भएको छ । गत वर्ष पनि आयोजना गरिएको चंगा महोत्सव यस वर्ष पनि फ्रेण्ड्स अफ नेपाल (नेपालका साथी)ले आयोजना गरेको हो ।

नेपाली तथा गैरनेपाली  बालबालिका र उनीहरूका अभिभावक उपस्थित भएको यो महोत्सवमा चंगा प्रतियोगिताका बिजेताहरुलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

पर्थको कतिनको मैदानमा भइरहेको यो प्रतियोगितामा भाग लिन आफै चंगा लिएर आउनु पदैन । प्रतियोगितामा सहभागी हुन चाहनेले २० अष्ट्रेलियन डलर तिरेर चंगा लिन सकिने छ । पर्थका चर्चित व्यावसायी भैरव ढकालले अनलाइनखबरसँग भने, ‘आफ्नो बाल्यकाल सम्झिँदै म यो चंगा प्रतियोगितामा भाग लिँदै छु ।’

चंगा चेट नाम राखिएको यो प्रतियोगितामा नेपालबाट दुई सयभन्दा बढी चंगा मगाइएको थियो । चंगा प्रतियोगितास्थल नेपाली गीत संगीतले गुञ्जायमान थियो । मौसम पनि सफा भएकाले सहभागीहरु झनै रमाएको देखिन्थ्यो ।

dipak-shakya
दीपक शाक्य

अघिल्लोपटक दर्शकको रुपमा मात्रै सहभागी भएका पत्रकार दीपक शर्माले आजको प्रतियोगितामा भाग लिँदैछन् । उनी आफूले जित्नेमा ढुक्क त छैनन् तर भन्छन्, ‘नेपालबाट झिकाइएको मेरो चंगाले अष्ट्रेलियाको आकाश छोएको हेरेर सप्ताहन्तमा मजा लिने पक्षमा छु ।’

आयोजक फ्रेण्ड्स अफ नेपाल नामक संस्थाका दीपक शाक्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार चंगा उडाएर रमाउने नेपालको सँस्कृतिलाई बचाइराख्न यो प्रतियोगिता आयोजना गरिएको हो ।

उनले फ्रेण्ड्स अफ नेपाल संस्थाले नेपालका दुर्गम जिल्लामा शौचालय निर्माण गर्न च्यारिटीहरु सञ्चालन गरिरहेको जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?