News Summary
Generated by OK AI. Editorially reviewed.- हालै सम्पन्न चुनावले जनताले पुराना राजनीतिक दलहरूको शैली र प्रशासनिक संस्कारप्रति असन्तुष्टि जनाउँदै नयाँ नेतृत्व र परिवर्तनको माग गरेको छ।
- नेपालमा राजनीतिक परिवर्तनसँगै प्रशासनिक संरचनाको सुधार र पारदर्शिता आवश्यक रहेको र नयाँ नेतृत्वले यसमा काम गर्नुपर्ने जनाइएको छ।
- युवाहरूले राजनीतिमा सक्रियता देखाउँदै नयाँ सोच र नेतृत्व खोजिरहेका छन् र बालेन शाहलाई परिवर्तन र सम्भावनाको प्रतीक मानिएको छ।
कहिलेकाहीं एउटा चुनाव केवल सत्ताको परिवर्तन मात्र हुँदैन, त्यो समाजको चेतनाको परिवर्तन पनि हुन्छ। इतिहासका केही क्षण यस्ता हुन्छन् जहाँ मतपत्र केवल कागजको टुक्रा हुँदैन, त्यो जनताको धैर्य, पीडा र आशाको संयुक्त अभिव्यक्ति हुन्छ। नेपालमा पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक वातावरण ठीक त्यस्तै मोडमा पुगेको छ।
दशकौंसम्म देशको राजनीतिलाई नियन्त्रण गर्दै आएका पुराना दलहरूले लोकतन्त्र स्थापना गर्ने ऐतिहासिक भूमिका खेले। त्यसमा कुनै विवाद छैन। उनीहरूले संघर्ष गरे, आन्दोलन गरे, र निरंकुश व्यवस्थालाई चुनौती दिए।
समयको एउटा नियम हुन्छ, इतिहास बनाउने शक्ति यदि समयसँगै परिवर्तन हुन सकेन भने त्यो शक्ति नै इतिहासको बोझ बन्न थाल्छ। यही सन्दर्भमा हालै सम्पन्न चुनावले एउटा गहिरो सन्देश दिएको छ। जनताले केवल पुराना वाचा र नाराहरू सुन्ने धैर्य गुमाउन थालेका छन्; उनीहरू परिणाम चाहन्छन्, परिवर्तनको अनुभूति चाहन्छन्।
लामो समयसम्म राजनीतिक शक्ति सीमित नेतृत्व र सीमित संरचनाको वरिपरि घुमिरहँदा समाजमा एउटा निराशा जन्मिएको थियो— के यो देश बदलिन्छ ? यही प्रश्नले आजको चुनावलाई केवल राजनीतिक प्रतिस्पर्धा मात्र होइन, एउटा सामाजिक निर्णयमा परिणत गर्यो। मतदाताहरूले पहिलो पटक स्पष्ट रूपमा सन्देश दिए कि लोकतन्त्रको अर्थ केवल चुनाव जित्नु होइन; जनताको अपेक्षा पूरा गर्नु हो।
लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति जनताको धैर्य हो, तर त्यो धैर्य अनन्त हुँदैन। जब त्यो धैर्य टुट्न थाल्छ, त्यहींबाट परिवर्तन जन्मिन्छ। यो चुनावले एउटा सत्य उजागर गरिदिएको छ; जनताको विश्वास स्थायी हुँदैन। विश्वास निरन्तर काम र उत्तरदायित्वबाट टिकाइराख्नुपर्छ।
पुराना दलहरूले वर्षौंसम्म सत्ता सम्हाले, तर समयसँगै उनीहरूको राजनीतिक शैली र प्रशासनिक संस्कार जनताको अपेक्षासँग मेल खान छाड्यो। युवाहरू बेरोजगार हुँदै गए, हजारौं विद्यार्थी विदेश जान बाध्य भए, र प्रशासनिक प्रणाली जनताका लागि झन् जटिल बन्दै गयो। सरकारी कार्यालयमा एउटा सामान्य काम गर्न पनि दिनहुँ धाउनुपर्ने स्थिति जनताको दैनिकी बन्यो।
कतिपय अवस्थामा नागरिकलाई राज्यसँग होइन, प्रक्रियासँग लड्नुपरेको जस्तो अनुभव हुन थाल्यो। यही अवस्थाले एउटा गहिरो असन्तोष जन्मायो राजनीति केवल सत्ता र शक्ति संरक्षणको साधन बन्न थाल्यो भन्ने आरोप बढ्दै गयो। तर लोकतन्त्रको सुन्दरता यही हो जनताले अन्ततः आफ्नो निर्णय मतपत्र मार्फत व्यक्त गर्न सक्छन्। यही कारणले आज नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र उम्मेदवार, र नयाँ सोच बोकेका नेतृत्वहरू उदाउन थालेका छन्। उनीहरूले जनतालाई एउटा सन्देश दिएका छन्— राजनीति केवल पेशा होइन, यो सेवा पनि हुन सक्छ।
‘जब राजनीति जनताको जीवनसँग जोडिन्छ, त्यतिबेला लोकतन्त्र साँच्चिकै जीवित हुन्छ।’ यही भावनाले आज समाजमा नयाँ आशा जन्माएको छ। तर चुनावको परिणाम केवल राजनीतिक परिवर्तनको संकेत मात्र होइन; त्यो प्रशासनिक संरचनाको पुनर्विचारको अवसर पनि हो।
नेपालमा लामो समयदेखि एउटा समस्या बारम्बार उठ्दै आएको छ राजनीति बदलिन्छ, तर प्रशासनिक संरचना उस्तै रहन्छ। सरकार फेरिन्छ, मन्त्री फेरिन्छन्, तर नागरिकले भोग्ने दैनिक अनुभव धेरै परिवर्तन हुँदैन। यही कारणले आजको नयाँ राजनीतिक चेतनाले केवल नेतृत्व परिवर्तनको कुरा मात्र गर्दैन; यसले राज्य सञ्चालनको शैली परिवर्तनको कुरा पनि गर्छ।
प्रशासनिक प्रणाली पारदर्शी हुनुपर्छ, छिटो निर्णय लिन सक्ने हुनुपर्छ, र नागरिकमैत्री हुनुपर्छ भन्ने माग बलियो हुँदै गएको छ। धेरै युवाको विश्वास छ कि यदि राजनीतिक नेतृत्वमा नयाँ दृष्टिकोण आयो भने त्यसको प्रभाव प्रशासनिक सुधारमा पनि पर्न सक्छ। नेपालको ब्युरोक्रेसी लामो समयदेखि शक्तिशाली र जटिल संरचनाको रूपमा चिनिन्छ। तर यदि त्यही संरचना जनताको सेवामा केन्द्रित हुनसके त्यसले देशको विकासमा असाधारण योगदान दिन सक्छ।
‘राज्यको शक्ति तब मात्र अर्थपूर्ण हुन्छ, जब त्यो शक्ति नागरिकको जीवन सजिलो बनाउन प्रयोग हुन्छ।’ यसै सन्दर्भमा अहिले समाजमा एउटा नयाँ प्रकारको राजनीतिक ऊर्जा देखिन थालेको छ। युवाहरू राजनीतिप्रति उदासीन रहने समय सकिंदै गएको छ। सामाजिक सञ्जाल, सार्वजनिक बहस, र नागरिक अभियानहरूले युवालाई राजनीतिक चेतनामा जोडिरहेका छन्।
उनीहरू केवल आलोचना मात्र गर्दैनन्, समाधान खोज्न चाहन्छन्। यही कारणले अहिले नयाँ नेतृत्व र वैकल्पिक राजनीतिक धारहरूको उदयलाई धेरैले सकारात्मक संकेतका रूपमा हेरेका छन्। यसले लोकतन्त्रलाई अझ सशक्त बनाउने सम्भावना पनि देखिन्छ। लोकतन्त्रमा प्रतिस्पर्धा आवश्यक हुन्छ पुराना र नयाँ विचार बीच, अनुभव र नवीनता बीच। जब यस्तो स्वस्थ प्रतिस्पर्धा हुन्छ, तब राजनीतिक प्रणाली पनि परिपक्व बन्छ।
परिवर्तन भनेको पुरानो सबै नष्ट गर्नु होइन; पुरानोलाई सुधार्दै नयाँ सम्भावनालाई स्थान दिनु हो। नेपालको राजनीति अहिले एउटा संक्रमणकालीन मोडमा पुगेको छ। पुरानो राजनीतिक संरचना अझै पूर्ण रूपमा समाप्त भएको छैन, तर नयाँ शक्ति पनि पूर्ण रूपमा स्थापित भइसकेको छैन। यही बीचको अवस्था लोकतन्त्रका लागि सबैभन्दा संवेदनशील र सम्भावनायुक्त समय हुन्छ।
यदि नयाँ नेतृत्वले जनताको विश्वासलाई जिम्मेवारीका साथ प्रयोग गर्न सके भने नेपालले प्रशासनिक सुधार, पारदर्शिता र सुशासनको नयाँ अध्याय सुरु गर्न सक्छ। यदि त्यसो हुन सकेन भने जनताको निराशा अझ गहिरो हुन सक्छ। त्यसैले अहिलेको समय केवल उत्साहको समय मात्र होइन; यो जिम्मेवारीको समय पनि हो।
कहिलेकाहीं जीवनमा एउटा सानो क्षणले धेरै वर्षसम्म मनमा गहिरो छाप छोड्छ। त्यो दिन अझै पनि मेरो सम्झनामा स्पष्ट छ विमानस्थलको चहलपहल, आँखा भिजाउने बिदाइ, र तिमीले अन्तिमपटक फर्केर हेरेको त्यो नजर। तिमीले हाँस्ने प्रयास गर्दै भनेकी थियौ, “यो देशमा बस्नु भनेको संघर्ष मात्र हो, सपना पूरा गर्न विदेश नै जानुपर्छ।” त्यो वाक्य सुन्दा मेरो मन एकछिन शून्य भयो। किनकि तिमीले बोलेको सत्य थियो— हाम्रो देशले धेरै वर्षसम्म आफ्ना युवाहरूलाई अवसर दिन सकेन। हजारौं सपना यहींबाट उडेर परदेश पुगे। धेरैले आफ्नो भविष्य सुरक्षित बनाउन माटो छोडे। तर प्रिय, समय सधैं एउटै रहँदैन। इतिहासको सबैभन्दा ठूलो नियम नै परिवर्तन हो। आज देशको राजनीतिक र सामाजिक वातावरण फेरिंदै गएको छ।
लामो समयसम्म एउटै शैलीमा राजनीति चलाएका पुराना दलहरू आज जनताको प्रश्नको सामना गरिरहेका छन्। वर्षौंदेखि सुन्दै आएको निराशा आज प्रश्नमा बदलिएको छ किन परिवर्तन हुँदैन ? किन नयाँ सोचको नेतृत्व जन्मिंदैन ? र यही प्रश्नबाट आजको नयाँ राजनीतिक चेतना जन्मिएको छ।
हालै सम्पन्न चुनावले पनि यही सन्देश दिएको छ कि जनताले अब केवल पुराना नारा सुन्न चाहँदैनन्; उनीहरू परिणाम देख्न चाहन्छन्। लोकतन्त्रमा जनताको धैर्य अनन्त हुँदैन; जब धैर्य टुट्छ, परिवर्तन जन्मिन्छ। त्यसैले प्रिय, अब तिम्रो फर्कने बेला भएको छ। यहाँ अब घण्टौं लाइन बसेर सामान्य कामका लागि दौडिनुपर्ने संस्कार विस्तारै बदलिंदैछ। यहाँ अब युवाको आवाज राजनीतिमा प्रवेश गर्न थालेको छ।
हामीले धेरै वर्षसम्म गुनासो मात्र गर्यौं, तर आज देश आफैं उठ्ने प्रयास गरिरहेको छ। तिमीले विदेशमा सिकेको अनुशासन, प्रविधि र व्यवस्थापनको अनुभव अब यहीं आवश्यक छ। विदेशले तिमीलाई सफल बनाएको होला, तर आफ्नै देशलाई सफल बनाउन सक्नु जीवनको सबैभन्दा ठूलो उपलब्धि हुन्छ।
माटोले आफ्ना सन्तानलाई कहिल्यै पराइ मान्दैन, उसले केवल उनीहरू फर्किने दिनको प्रतीक्षा गर्छ। तिमी विदेश जाँदा एउटा प्रश्न छोडेर गएकी थियौ, “फर्केर के गर्ने ?” त्यो प्रश्न केवल तिम्रो मात्र थिएन, लाखौं नेपाली युवाको थियो। किनकि लामो समयसम्म देशको राजनीतिक संरचना केही सीमित शक्तिहरूको वरिपरि घुमिरह्यो।
पुराना दलहरूले लोकतन्त्र ल्याए, व्यवस्था परिवर्तन गरे, तर समयसँगै उनीहरूले जनताको अपेक्षालाई पूरा गर्न सकेनन् भन्ने आरोप पनि लाग्दै गयो। बेरोजगारी बढ्दै गयो, युवाहरू विदेश जान बाध्य भए, र समाजमा निराशा फैलियो। तर इतिहास सधैं एउटै दिशामा बग्दैन। जब निराशा गहिरो हुन्छ, त्यहींबाट नयाँ चेतना जन्मिन्छ। हालैको चुनावले यही संकेत दिएको छ जनता अब नयाँ सोच, नयाँ नेतृत्व, र नयाँ राजनीतिक संस्कार खोजिरहेका छन्।
प्रिय मान्छे, आज म तिमीलाई केवल सम्झनाको भावनाले होइन, भविष्यको विश्वासले बोलाइरहेको छु। यो देश पूर्ण छैन, यहाँ अझै धेरै कमजोरी छन्। तर यही अपूर्णतामा सम्भावना पनि लुकेको छ। आजको पुस्ताले पुरानो निराशालाई चुनौती दिन थालेको छ।
हामीले धेरै वर्ष एउटा वाक्य सुन्दै बितायौं “नेपालमा केही हुँदैन।” तर आजको युवा त्यो वाक्य बदल्न खोजिरहेको छ, “नेपालमा हुन्छ, यदि हामी गर्छौं भने।” यही विश्वासले आजको राजनीति पनि परिवर्तनतर्फ मोडिएको छ।
हालैको चुनावी परिणामले देखाएको छ कि जनताले पुराना संरचनालाई चुनौती दिंदै नयाँ नेतृत्वलाई अवसर दिन तयार भएका छन्। यही परिवर्तनको प्रतीकका रूपमा धेरै युवाको आशा जोडिएको छ बालेन शाहप्रति। धेरैका लागि उनी केवल एउटा व्यक्ति होइनन्, परिवर्तन र सम्भावनाको प्रतीक बनेका छन्। नयाँ पुस्ताले यस्तै नेतृत्व खोजिरहेको थियो जसले राजनीतिभन्दा माथि उठेर व्यवस्थालाई सुधार्न सक्छ। आज धेरै युवाको मनमा एउटा साझा विश्वास पलाएको छ— अब नेपालले नयाँ दिशा पाउन सक्छ।
देशको भविष्य चमत्कारले बदलिंदैन, त्यो आफ्नै सन्तानको प्रतिबद्धताले बदलिन्छ। त्यसैले प्रिय मान्छे, अब फर्क। किनकि सम्भवतः भोलिको नेपाल त्यहींबाट शुरु हुनेछ जहाँ हामी जस्ता युवाले हार मान्न अस्वीकार गरेका छौं।
प्रतिक्रिया 4