+
+

‘गाजलु’ निर्माता भन्छन्-‘१ करोड माथिको लगानी उठाउन सकिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ५ गते १३:३३

rohit-adhikari
चलचित्रको निर्देशन विधामा स्नातक पढेका रोहित अधिकारीले पहिलो प्रोजेक्टमा भने लगानी गरे । निर्देशन पढेको मान्छे किन निर्माता बन्नु भयो भन्ने प्रश्नमा उनी भन्छन्-‘पढ्ने वित्तिकै सोही काम नै गर्नुपर्छ भन्ने छैन । मैले चलचित्र क्षेत्रलाई वुझ्नका लागि पनि अध्ययन गरेको हुँ ।’

चलचित्र ‘गाजलु’मा १ करोड २५ लाख लगानी गरेको बताउँदै रोहितले भने-‘यो चलचित्रबाट मलाई ४८ लाख नाफा भएको छ ।’ १ करोड २५ लाख लगानी उठाएर पनि ४८ लाख नाफा गर्नु आफैमा सजिलो कुरा नभएको उनले सुनाए ।

पहिलो चलचित्र नै हिट भएपछि रोहितले दोश्रो चलचित्रको तयारी थालिसकेका छन् । लभ स्टोरी जनरामा निर्माण हुने चलचित्रको बजेट १ करोड ३० लाखको सेरोफेरोमा हुने उनको भनाई छ । हेमराज वीसीले चलचित्रको निर्देशन गर्दैछन् ।

अहिले यूटुब, भीसीडी राइट्स, ओभरसिज राइट्सका कारण पनि लगानी उठाउन सहज हुन थालेको र राम्रा मेकरलाई वितरकदेखि विभिन्न कम्पनीले पत्याउन थालेको रोहितको वुझाई छ ।

तपाई निर्देशक कहिले बन्ने त भन्ने प्रश्नमा, रोहित भन्छन्-‘पहिले म ८-१० वटा चलचित्र निर्माण गर्छु, अनी मात्र निर्देशनमा हात हाल्छु ।’

दोश्रो प्रोजेक्टमा पनि स्टार कलाकार लिएरै काम गर्ने रोहितले सुनाए । नेपाली चलचित्रले अहिले नेपाल लगायत विश्वका विभिन्न देशमा राम्रो व्यापार गर्न थालेपछि अहिले लगानीकर्ताहरु हौसिएका छन् । यूवा निर्माता रोहित, चलचित्र क्षेत्रका लागि केहि गर्ने जोशका साथ आफू प्रवेश गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?