Comments Add Comment

कांग्रेस प्रमुख सचेतकको प्रस्तावः सांसदको दैनिक भत्ता ५ सय थपौं

Chinkaji-Shresth
फाइल फोटो

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सांसदहरुको दैनिक बैठक भत्ता बढाउन प्रस्ताव गरेका छन् ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा भाग लिँदै श्रेष्ठले प्रस्तावित ५०० भत्ता अपर्याप्त भएको बताए । प्रमुख दलहरुसँगको छलफलपछि आफूले यो संशोधन राखेको भन्दै उनले भने, दैनिक भक्ता ५ सय भनिएको छ । त्यसमा ५ सय थपौं ।’

पछिल्लो समय समिति बैठकहरुको खर्च कटौती गरेपछि स्पेशल चिया समेत खान नपाएको उनले बताए ।

सांसदहरुको अहिलेको सुविधा अपुग रहेको भन्दै उनले भने, जसलाई आवश्यक छैन फिर्ता गर्न सक्नुहुन्छ । तर, अधिकतमको आवाजलाई ध्यानमा राखेर यो निष्कर्षमा पुगेका छौं ।’

पैदल भ्रमण भत्ता भने खारेज गर्ने उनको सशोधन छ । सरकारले ल्याएको विधेयकमा सांसदहरुलाई प्रतिकोश २५ रुपैयाँका दलले पैदल भ्रमण भत्ता समेत प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment