+
+

नीता र किशोरको ‘पार्सल’ कस्तो बन्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ५ गते १५:४४

parcle-publicity
सामाजिक बिषयलाई उठान गरिएको चलचित्र ‘पार्सल’को गीत, ट्रेलर र पोष्टर आइटबार धरानमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । मंसिर २४ गतेबाट रिलिज हुने यो चलचित्रमा रविन श्रेष्ठको निर्देशन, किशोर सम्वाहाम्फे लिम्बुको लगानी छ ।

चलचित्रका अधिकांश दृश्य पूर्वका विभिन्न रमणिय स्थानमा खिचिएका छन् । चलचित्रमा किशोर खतिवडा, प्रेम सुब्बा, बिक्रम सिंह, नीता ढुंगाना, प्रभु श्रेष्ठ, प्रेषिका निरौला, किशोर सम्वाहाम्फे, सृजना लिम्बूलगायतले अभिनय गरेका छन् ।

चलचित्रमा युवराज राइको छायांकन, बिकास चौधरीको संगीत, गोबिन्द राइको कोरियोग्राफी छ । दक्षकुमार राई कार्यकारी निर्माता रहेको चलचित्रले भरपुर मनोरञ्जन दिने दावी निर्देशक रबिनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?