+
+

नीताको ‘ह्रस्वदीर्घ’ दशैंमा आउने, ब्रह्मानन्दमको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते ११:२२

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्वदीर्घ’ दशैंमा रिलिज हुने भएको छ । यो फिल्मका अभिनेता समेत रहेका दक्षिण भारतीय स्टार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर बिहीबार रिलिज मिति घोषणा भएको हो । यो फिल्म आगामी असोज ११ बाट प्रदर्शनमा आउनेछ ।

नेपाली र तेलुगू भाषाामा ब्रह्मानन्दमको क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरिएको छ । चन्द्र पन्द निर्देशित फिल्ममा कलाकारको पल्टनै छ । नेपाली र भारतीय कलाकारको अभिनय रहेको यो फिल्मलाई नीता ढुंगाना फिल्म्सले निर्माण गरेको हो । नेपाल र भारतमा छायांकन गरिएको यो फिल्मबाट अभिनेत्री विपना थापाले कमब्याक समेत गरेकी छन् ।

नेपालीसँगै यो फिल्मको प्रदर्शन भारतका क्षेत्रीय भाषामा समेत हुने जनाइएको छ । हिन्दी संस्करण भने ओटीटी प्लाटफर्ममा मात्र स्ट्रिमिङ हुने जनाइएको छ ।

ज्योतिष समेत रहेका हरिहर अधिकारीले लेखेको फिल्ममा उनीसहित नीता, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईंटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका कलाकारको समेत अभिनय छ ।

फिल्ममा ब्रह्मानन्दमका साथै अली, ‘गजनी’ फेम्ड अभिनेता विजय रावतको पनि अभिनय छ । तीन चरणमा छायांकन हुने फिल्मको पहिलो र दोस्रो चरणको सुटिङ सकिएको छ भने चरणको छायांकन भारतमा हुनेछ । भारतमा दुई गीतको छायांकन हुन बाँकी रहेको निर्मात्री ढुंगानाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?