Comments Add Comment

५८ अंकको गिरावटले सेयर बजार १६ सय अंकमुनि

down-share-market
५ मंसिर, काठमाडौं । सेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । कारोबार अवधिमा उच्च गिरवाटका कारण सर्किट ब्रेक लागेको दिनमा सेयर बजार परिसूचक १६ सय अंकबाट तल झरेको छ ।

आज मात्रै सेयर बजार ५८.४६ अंकले गिरेको छ । १६५७ अंकबाट कारोबार सुरु भएको सेयर बजार बन्द हुँदा १५९९.६२ अंकमा आइपुग्यो । यो गिरावट समग्र बजारको साढे ३ प्रतिशतभन्दा बढीको हो ।

कारोबार अवधिमा बजार ८० अंकसम्म झरेको थियो । तर, केही सम्हालिँदै बन्द भएको बजार पूर्ण रुपमा भने पुरानो स्थितिमा फर्किन सकेन ।

आइतबार सबै समूह रातो भए । बीमा समूह ४ सय अंकले ओरालो लाग्दा बैंकिङ समूहमा ५८ अंकको गिरावट देखियो ।
होटल समूह ३५ अंकले रातो भयो भने विकास बैंकको उपसूचक ५३ अंकले झर्‍यो । जलविद्युत ८६, फाइनान्स ३०, उत्पादन २० र टेलिकम सूचीकृत अन्य समूह ४ अंकले ओर्लिए ।

sharemarket
आज १ सय २७ कम्पनीको १ अर्ब २४ करोड ५१ लाख रुपैयाँको सेयर खरिद बिक्री भयो । आइतबार ८ कम्पनीका लगानीकर्ताले मात्रै कमाए । साझा विकास बैंक र सेती फाइनान्सका लगानीकर्ताले प्रतिशतका आधारमा बढी नाफा कमाए ।

सेयर मूल्य घटेर पनि एभरेष्ट बैंकको कारोबार अरुको भन्दा धेरै छ । दिभरमा एभरेष्ट बैंकको १८ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । बैंकले ७० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेपनि कम्पनीको सेयर मूल्य लगातार तल झरिरहेको छ ।

३० प्रतिशत बोनस र ७० प्रतिशत हकप्रद सेयर दिने बताएको नेशनल लाइफ इन्स्योरेन्सो सेयर मूल्य तीन हजार ३४१ रुपैयाँमा झरेको छ । बजारमा देखिएको गिरावटलाई सेयर बिश्लेषकले ‘मार्केट करेक्सन’ भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment