+
+
Shares

लोकगायिका कोमल वली राप्रपामा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ६ गते १७:४७

Komal Oli (4)

६ मंसिर, काठमाडौं । लोक गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन् । राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरे ।

आफ्नो सम्बोधनको अन्त्यमा थापाले म त्यसै छोड्नेवाला छैन भन्दै आफूसँग खुसीको कुरा रहेको बताए । लगत्तै उनले लोक गायिका, सञ्चारकर्मी वलीलाई पार्टीमा स्वागत गरेको भन्दै फूलमाला लगाइदिए । थापाले फूलमाला लगाइदिएपछि राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा लगायतले पनि कोमल वलीलाई माला लगाइदिएका थिए ।

जन्म घर दाङ घर भएकी वली हाल रेडियो नेपालमा जागिरे छिन् । उनले राजनीति नामक फिल्ममा पनि अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?