Comments Add Comment

मस्ती टकः ‘जसरी भएपनि म रानी त भइछु नी’: नीशा अधिकारी(भिडियो कुराकानी)

nisha-adhikari-for-masti-talk
आमाको थर भन्दै नायिका नीशा अधिकारीले अहिले नामको पछाडि ‘मल्ल’ पनि थपेकी छिन् । एक बर्ष अगाडिसम्म मिडियासँग आक्रोशित रहने नीशा अहिले भने धेरै परिवर्तन भएको स्विकार गर्छिन् । उनी यसलाई समय अनुसारको वुझाई पनि भन्छिन् ।

अनलाइनखबरका लागि ‘मस्ती टक’ गर्ने क्रममा नीशाले जीवन, बिहे, चलचित्र, करिअरको बिषयमा कुरा गरिन् । नीशा अहिले आफू पूर्ण रुपमा चलचित्रमा नै फोकस भएको बताउँछिन् । उनलाई अहिले प्रेममा खासै रुची छैन । ब्रेकअप भयो नी हैन भन्ने प्रश्नलाई नसुने जस्तै गरिन् र आफू करिअरमा नै ध्यान दिन थालेको सुनाइन् ।

नीशाको केहि समय अघि मात्र क्रिकेटर शरद भेष्वारकसँग व्रेकअप भएको हो । नीशा आफ्नो प्रेम, चलचित्र र कामसँग भएको सुनाउँछिन् । मिडियासँग झगडा गरेर तपाई ‘कन्ट्रोभर्सी क्विन’ हुनुभयो नि हैन भन्ने प्रश्नमा उनले भनिन्–‘जसरी भएपनि म रानी त भै छुनी हैन ।’

नेपाली चलचित्रमा नायिकाहरुविच कस्तो प्रतिस्पर्धा छ भन्ने प्रश्नमा उनले भनिन्–‘हामी एक अर्कासँग डाहा गर्दैनौ । किनकी, चलचित्र क्षेत्र रहे मात्र हामीहरु रहन्छौ भन्ने सबैले वुझेका छन् ।’
नीशासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

बिहेको बिषयमा पनि नीशाले रमाइलो कुरा गरिन् । आफ्नो बिहेमा मासु नहुने भन्दै उनले बरु सागपात सबै आफूले नै पकाएर खुवाउने सुनाइन् । नीशा आफू भेज भएकाले बिहेमा पनि मासु नराख्ने बताउँछिन् ।

चलचित्र क्षेत्रमा आउँदा निकै आक्रामक र रुखो देखिएकी नीशा अहिले बदलिएकी छिन् । चलचित्र ‘रोमियो’को छायांकनमा व्यस्त यी सुन्दरीले तत्काल बिहे गर्ने कुनै योजना नरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment