+
+

भारु पाँच सय र एक हजारका नोट साट्दिन्छु भन्दै नेपालीलाई ठग्ने भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ६ गते १९:०५

ic-varu-indian-currency

६ मंसिर, काठमाडौं । भारु पाँच सय र एक हजार दरका नोट साटिदिन्छु भन्दै नेपालीहरुलाई लाखौं ठग्ने एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पश्चिम बंगाल सितलकोची कोचबिहार घर भई हाल काठमाडौंको कलंकी बस्ने ४१ वर्षीय हरेकृष्ण साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले भारतीय नोट सजिलै साटिदिन सक्छु भनि प्रलोभनमा पारी रौतहटको झुनखुनवा गाविस-७ घर भई हाल काठमाडौंमा बस्ने अब्दुल रहिमसँग ५० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

साहलाई पक्राउ गरी ठगी मुद्दामा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?