+
+

उत्तर–दक्षिण लोकमार्ग त्रिदेशीय सम्बन्धका लागि आवश्यकः अधिकारी

रविन भट्टराई रविन भट्टराई
२०७३ मंसिर ८ गते ८:००

rabindra-yogesh८ मंसिर, ताप्लेजुङ । व्यवस्थापिका संसद्को विकास समितिले ओलाङ्चुङगोला टिप्तला पासदेखि दक्षिणमा भारतको सीमाना विराटनगर रानी भन्सारसम्म जोड्ने उत्तर–दक्षिण लोकमार्गको अनुगमन गरेको छ ।

समितिका  सभापति रबिन्द्र अधिकारीसहित समितिका सदस्यहरु रविन कोइराला, रामकुमार भट्टराई, कल्पना चौधरी र भक्तबहादुर विश्वकर्माको टोलीले मंगलबार अनुमन गरेको हो ।

अनुगमनका क्रममा समितिका सभापति रबिन्द्र अधिकारीले उत्तर–दक्षिण लोकमार्ग त्रिदेशीय सम्बन्धका लागि अत्यावश्यक भएको बताए । उनले ओलाङ्चुङगोला तिप्तलापासदेखि दक्षिणमा भारतको सीमाना विराटनगर रानी भन्सारसम्म जोड्ने उत्तर–दक्षिण लोकमार्गले विकासको नयाँ ढोका खोल्ने समेत दाबी गरे ।

नेकपा (एमाले)का सचिव योगेश भट्टराईसहित लिएर ताप्लेजुङ जिल्लाको फुरुम्बु गविसको गढीमा पुगेका अधिकारीले उक्त लोकमार्गको विकासका लागि विकास समिति आफ्नो क्षेत्रबाट लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘पूर्व–पश्चिम राजमार्ग जसरी नै यो लोकमार्गलाई पनि विकास गर्नुपर्छ,’ अधिकारीले भने,  ‘राष्ट्रिय स्तरबाट यो सडक जोड्नुपर्छ म लागि पर्ने छु । यो लोकमार्ग हिमाल, पहाड र तराई जोड्ने मार्ग भएकाले समावेशी पनि छ ।’

चीन र भारत जोड्ने यो सबै भन्दा छोटो दूरीको माग पनि हो । तिप्तलापासदेखि विराटनगरको रानी भन्सारसम्म यसको दूरी २ सय ७० किलोमिटर छ ।

तमोर करिडोरको यो प्रख्यात राजमार्ग जोड्ने सके पूर्वका करिब १६ जिल्लाका वासिन्दा लाभान्वित हुने छन् । अधिकारीले अनुगमनका क्रममा यो मार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?