+
+

कारको ठक्करबाट झापामा एकको मृत्यु

गौरव पोखरेल  गौरव पोखरेल 
२०७३ मंसिर ८ गते १६:२१

८ मंसिर, झापा । पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका–२, जुके कल्भर्टमा बुधबार अपरान्ह कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

accidentमृत्यु हुनेमा स्थानीय ५२ वर्षीय सूर्य उप्रेती छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १५ च ३३८३ नम्बरको कारले साइकलमा बाटो काट्दै गरेका उप्रेतीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते बनेका उप्रेतीको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि लैजाँदा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।

सवारी र चालक अहिले इलाका प्रहरी कार्यालय, विर्तामोडको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?