+

रुपन्देहीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता हुने

२०७३ मंसिर  ९ गते १२:१९ २०७३ मंसिर ९ गते १२:१९
रुपन्देहीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता हुने

kusti

९ मंसिर, भैरहवा । रुपन्देहीको धकधई क्षेत्रमा अन्तराष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने भएको छ । लोपोन्मुख हुँदै गइरहेको कुस्ती खेलको संरक्षण गर्न उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक बजरंग समितिका अध्यक्ष जय प्रकाश धवलले बताए ।

मंसिर २६ विरहा र २७ देखि २९ गतेसम्म कुस्ती सञ्चालन हुने प्रतियोगिता खेलमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायत देशका पहलवानहरको सहभागीता रहने आयोजकले जनाएको छ ।

नेपालका नागा बाबा, राजु थापा, भारतका उमाशंकर यादव, भुरा सिहं, पथ्थर सिहसहित २ सय २६ जना पहलवानले भाग लिनेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुनेले मोटरसाइकल पाउनेछन् भने प्रथम पुरस्कार ५० हजार १ सय, द्वितीय पुरस्कार एलसिडी टि.भी छ ।

स्थानीय लोक संस्कृतिको बिरहा तर्फ प्रसिद्ध गायक बि.एम सहानी, हरिकेश यादव, सुनिता यादव लगायतका कलाकारहरुको प्रस्तुती रहने समितीका अध्यक्ष धवलले बताए ।

धेरै कमेन्ट गरिएका

लेखक
सलमान खान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय