+
+

जब मोदी संसदमा खित्का छाडेर हाँसे …

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ९ गते १४:५१

modi-and-jetley
९ मंसिर, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संसदमा अधिकांश समय गम्भीर मुद्रामा देखिन्छन् । तर, बिहीबार राज्यसभामा उनी खित्का छाडेर हाँसे ।

नोटबन्दीबारे राज्यसभामा भएको बहसका क्रममा समाजवादी पार्टीका सांसद नरेश अग्रवाल बोलिरहेका थिए र संसदमा प्रधानमन्त्री मोदी पनि उपस्थित थिए ।

अग्रवालले मोदीमाथि धाराप्रवाह धावा बोले । उनले मोदीको अगरा र जाजीपुर भ्रमणको चर्चा गर्दै भने कि आफ्नो र्‍यालीमा उनी निकै गम्भीर देखिएका थिए ।

अग्रवालले भने, ‘तपाईले गोवामा भन्नु भएको थियो कि तपाईलाई मानिसहरुले मार्छन् । उत्तर प्रदेश आउँदै गर्नुस् । यहाँ विना रोकटोक आउनुस् किनकी यहाँ कानुनी राज्य छ ।’

अग्रवालको यो कुरा सुनेर मोदी र वित्तमन्त्री अरुण जेटलीले हाँसो रोक्न सकेनन् । दुबै लामो समय हाँसिरहे । र, सिंगो संसदमा हाँसो छायो ।

जब अग्रवालले भने, म’ानिसहरु भन्छन् कि नोटबन्दीको खबर जेटलीलाई सम्म थाहा थिएन ।’ उनले यसो भनेपछि मोदी र जेटलीले आफ्नो हाँसो थाम्न सकेनन् र खित्का छोडेर हाँसे ।

मनमोहन सिंह पछि बोलेका उनले अहंकारले सँधै अन्धकार तिर लैजाने बताए । संघटकाल लगाउँदा इन्दिरा गान्धीलाई पनि लाग्थ्यो कि यो कदमले जनता खुसी छन् । तर, चुनावमा हारे । अहिले नोटबन्दीको निर्णयमा पनि मोदीलाई जनता खुसी रहेको लागेको भन्दै उनले चुनावमा थाहा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?